८ बैशाख २०८१, शनिबार

पलाता सरकारले गर्यो ६० जनाको उद्धार


कालीकोटः लकडाउनको समयमा अलपत्र परेका कालीकोटका नागरिकहरुकोे पलाता गाउपालिकाले उद्वार सुरू गरेको छ ।
कर्णाली प्रदेश सरकार, स्थानीय गृह प्रशासनसंगको समन्वयमा नेपालगन्ज, कोहलपुर, सुर्खेतमा अलपत्र परेका कालीकोटका नागरिकलाई पलाता गाउँपालिकाले उद्धार गरी कालीकोट ल्याएको छ । जिल्लाका विभिन्न स्थानीय तहका करिव ६० जना नागरिकलाई उद्धार गरि कालीकोट ल्याइएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।
पलाता गाउँपालिकाले स्थापना गरेको राहत कोषमा व्यक्तिगत २० लाख जम्मा गरेका अध्यक्षले सोही राहत कोषबाट खर्च हुने गरि ६० जना नागरिकको भाडा तिर्ने सर्तमा विभिन्न शहरमा अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गरि कालीकोट ल्याइएको बताए । आमालाई अस्पताल लिएर गएको थिए । लकडाउनमा परियो, उपचार गर्ने पैसाले खान बस्न ठिक्कै भयो, कालीकोट आउने समेत भाडा थिएन । घरसम्म आउनका लागि हार गुहार गरेपनि कसैले सुनेन् । पलाताका रतन महताराले बताए ।
भोकभोकै दुई दिन लगाएर बबईसम्म आएका थिर्यौ तर घर सम्म पुग्ने बतावरण थिएन अहिले पलाता सरकारले घर पुग्ने बातावरण मिलाएकोमा खुसी भएको महताराले बताए । पलाता गाउपालिकाले आजै आफ्ना अलपत्र परेका ६ जनालाई जुम्लाबाट पनि उद्वार गरी ल्याएको छ । उपचार लगाएतका बिभिन्न कामले जुम्ला पुगेर लकडाउनमा परेका नागरीकलाई उद्वार गरि पालिकामा पु¥याएको छ ।
कालिकोटको जितेमा अलपत्र नागरीकलाई बुझ्न पुगेका गाउपालिका अध्यक्ष बमलाई भोकै भए पनि यस्तो बेला भाडा समेत आफै हालेर उद्वार गरी दिएकोमा अलपत्र परेका ६० जनाले एकमुष्ट धन्यवाद दिएका थिए । पालाता गाउपालिकाको कुनै पनि नागरीकले संकटमा रूनु नप्रने बताउदै आएका अध्यक्ष बमले बिभिन्न ठाउमा रहेका गाउ आउन नचाहाने पलाताबासिका लागि पनि राहत ब्यवस्थापन गरेका छन् । अध्यक्ष बमले पलाताबाट कैलालीको लम्की, टिकापुर बस्ने नागरिकलाई पनि राहत रकम उपलव्ध गराएका छन् ।