तीन दिनदेखी भोक भोकै, चिसोले खुट्टा सुनिए

कालीकोटः कोहोलपुरबाट गाँउ फर्किएकी जिल्लाको महाँवै गाँउपालिका वडा नं. ७ निवासी ७३ बर्षिया बृद्ध जयरुपा अधिकारी दुई दिनदेखी जिल्ला सदरमुकाम स्थित तिला कर्णाली बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको क्वारेन्टाईनमा छन् । गत मंगलबार कोहोलपुरबाट गाँउपालिकाले अलपत्र नागरिकलाई उद्धार गर्न व्यवस्था थरेको गाडी चढेकी उनी बुधबार बिहान कालिकोट पुगिन् । कालिकोट पुग्दा खाँडाचक्र नगरपालिकाले उनी चढेको गाडीका सबै यात्रु र गाडी स्टाफ सहित तिलाकर्णाली बहुमुखी क्याम्पसमा लिएर क्वारेन्टाईनमा राखिदियो । गाडी चड्दा बमिट हुने भएकाले कोहोदपुरबाट भोकै गाडी चढेकी उनी बिहिबारसम्म खाना खाएकी छैनन् ।
टिनको छाना भएको क्याम्पसको खुल्ला कोठाको छेउमा फलामको बेन्चमाथि पी फम बिछ्याएर सुतेकी अधिकारीले भनिन्, मलाई घर पठाईदेउ । दमको बिरामी तीन दिनदेखी भोक भोकै छु । भान्छा लागेर मात्र खाना खाने भएकाले अरुले पकाएको हातको खाना खाँदिन् । मंगलबार भोकै गाडी चढेकी मान्छे आजसम्म केही खाएको छैन् । बाहिरको हावा सिधै भित्र पस्ने क्याम्पसको कोठामा फलामको माथि बेन्चमा बस्दा चिसोले खुट्टा सुनिएका छन् । उनले भनिन्, बरु महाँवै गाँउपालिकाले तयार पारेको क्वारेन्टाईनमा बस्छु । त्यहाँ घरबाट भाँडा कुडा ल्यााईदिएपछि खाना खान त पाईएला । घरबाट कपडा ल्याएर तातो बिस्तरा बनाएर बस्नु पर्ला । फलाममाथि एउटा पि फम बिछ्याएर एउटा पाखीको ओडेर कसरी बसु ।
उनी मात्र होईन्, जिल्लाको महाँवै गाँउपालिका, तिलागुफा नगरपालिका र जुम्लाको सिजाका गरी ५२ जना क्वारेन्टाईनमा छन् । उनीहरु सबैको हालत उस्तै छ । जुम्ला सिजाकी शुशीला उपाध्यायले भनिन्, क्याम्पसको कोडामा खान बस्न र सुरक्षाको कुनै व्यवस्था नभएको बताईन् । उनले भनिन्, क्याम्पसको खुला कोठामा फलामका बेन्चहरु जमाएर बेड बनाईएको छ । ओड्ने ओछेयाउने कपडा छैनन् । कोठाको ढोकामा चुट्कुल पनि छैन् । रातभर त्रासमा बसियो । हामीलाई यस्तो बिजोक बनाएर राख्न भन्दा सिजा नै पठाईदिए हुन्थ्यो । उतैको क्वारेन्टाईनमा बस्थ्यौँ । एक जना खाँडाचक्र नगरपालिका वडा नं. ६ का युवा क्वारेन्टाईबाट भागेर घर गईसके । उनलाई वडा अध्यक्षले रोक्न खोज्दा मानेनन् । सिजाकै मदनप्रसाद उपाध्यायले भने, हामीलाई भेडा हुले झै हुलेर राखियो । क्वारेन्टाईन भनेको तीन फिटको दुरीमा छुट्टा छुट्टै बेड हुनुपर्छ । यहाँत एउटा कोठाभित्र २३ जनालाई पाल माथि पि फम बिछ्याएर सुताईयो ।
खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेले बुधबार बिहान प्रशासनले उनीहरुलाई यतै क्वारेन्टाईनमा राख्न भनेपछि तत्काल व्यवस्था गर्दा व्यवस्थापनमा समस्या आएको बताए । उनले भने, हामी सबै स्थानिय तहसँग समन्वय गरी जहाँको त्यही पठाउने तयारी गर्दैछौँ । धेरै संख्यामा आएका मानिसहरुलाई एकै पटक व्यवस्थापन गर्दा केही अपुग भएको हो । उनीहरुलाई संम्बन्धित स्थानियले जिम्मा लिनुपर्छ । खाँडा चक्र नगरपालिका स्वास्थ्य शाखा प्रमूख रबिन्द्र सेजुवालले क्वारेन्टाईनमा राखेका मान्छेहरुले ज्वारो समेत नाप्न नदिएको बताए । उनले आफुले उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्न स्वास्थ्यकर्मीहरुको टोली क्याम्पस पठाएपछि उनीहरुले जाँच्न नदिएपछि फर्किएको बताए ।
प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले उनीहरु आएको गाडीमा शंखास्फत बिद्यार्थी चढेकाले बीचबाटोमा रोक्नु परेको बताए । उनले् शंखास्फत बिद्यार्थीको जाँच गरी रिपोर्ट नेगेटिभ आएको बुझिएकाले अब सम्बन्धित स्थानिय तहलाई जिम्मा लगाउन पहल भईरहेको बताए । उनले भने, बुधबार गृहबाट ५२ जना चढेको गाडी जहाँको त्यही राख्नु भनेर परिपत्र आयो । उक्त गाडीमा ंशंखास्फत व्यक्ति चढेको भन्ने खबर थियो । गाडी स्टाफ सहित क्वारेन्टाईनमा राखिएको थियो । अब उनीहरुलाई सम्बन्धित स्थानिय तहमा पुगाउन पहल गर्छौँ ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बिहिबारसम्म जिल्लाभरी २ सय १ जना क्वारेन्टाईनमा राखिएको बताए । उनका अनुसार बुधबार मात्र जिल्लामा ३ सय ३३ जना भित्रिएका छन् । जिल्लाका १ सय ५३ र १ सय ८० जना जिल्ला बाहिरका नागरिकहरु जिल्लामा प्रवेश गरेको उनले बताए । उनका अनुसार खाँडाचक्र नगरपालिकामा ८५ जना, तिलागुफा नगरपालिकामा १९, पचालझरना गाँउपालिकामा ८ जना, सान्नीत्रिवेणी गाँउपालिकामा ४० , नरहरीनाथ गाँउपालिकामा २३ र महाँवै गाँउपालिकामा २६ जना जिल्ला बाहिरबाट आएकालाई क्वारेन्टाईनमा राखिएको छ ।

error: Content is protected !!