कालीकोटका पत्रकारलाई लाइट जाकेट वितरण

कालीकोटः जिल्लामा रहेको क्रियाशिल पत्रकारहरुका लागि लाईट जाकेट वितरण गरिएको छ । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका आमन्त्रीत सदस्य नरेश बमले जिल्लामा रहेका पत्रकारहरुलाई लाइट जाकेट वितरण गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेसंगै जिल्लामा रहेर पत्रकारीता गर्ने पत्रकारहरुको सुरक्षाका लागि वडाध्यक्ष बमले जाकेट वितरण गरेका हुन् ।
लकडाउनका समयमा स्थानीय तहसंगै जिल्लामा पत्रकारले रिपोटिङमा जादा विभिन्न समस्या झेल्दै आएकाले सो समस्या समाधानका लागि वडाध्यक्षले आफ्नो व्यक्तिगत ३० हजार लगानीमा २७ जना पत्रकारलाई जाकेट वितरण गरेका हुन् । जाकेट वितरण गर्दै वडाध्यक्ष बमले भने, ‘म पनि पत्रकारीता क्षेत्रबाट आएकाले पत्रकारलाई कत्तिको असहज हुन्छ भन्ने मलाई राम्रो संग थाहा भएकाले जिल्लामा रहेर पत्रकारीतामा क्रियाशिल पत्रकारलाई लाइट जकेट वितरण गर्ने योजना बनाएको हुँ ।’
नेपाल प्रेस युनियन जिल्ला शाखा कालीकोटको समन्वयमा वडाध्यक्ष बमले २७ जना पत्रकारलाई जकेट वितरण गरेका छन् । २०७२ सालमा गएको भुकम्पको बेला आफु पनि पत्रकार भएकाले पत्रकारको समस्यालाई नजिकबाट नियालीरहेकाले आफुले जकेट वितरण गरेको बमले बताए । उनले भने, ‘मैले पत्रकारलाई आफ्नो नजिकको बनाउनका लागि जकेट दिएको होइन् ।’
जिल्लामा रहेका ७ वटा रेडियोका क्रियाशिल, पत्रकार विभिन्न अनलाईन, पत्रपत्रिका र राष्ट्रिय पत्रिकामा काम गर्ने २७ जना पत्रकारलाई लाइट जकेट वितरण गरिएको हो ।

error: Content is protected !!