१४ बैशाख २०८१, शुक्रबार

४ नं वडा कार्यालयमा तालाबन्दी


कालीकोट: जिल्लाको शुभकालिका गाउँपालिकामा क्वारेन्टाईन राख्ने बिषयमा बिवाद हुदा वडा कार्यालयमा ताला लगाईएको छ । शुभकालीका गाउँपालिको वडा नं ४ मा रहेको महादेव माध्यामिक बिद्यालय रारा काटियामा गाउँपालिकाले क्यारेन्टाईन राख्न खोजेपनि राख्न पाईदैन भन्दै स्थानीयले वडा कार्यालय र बिद्यालयमा ताला लगाएको वताईएको छ । गाउँपालिकाको केन्द्र राख्न माग गर्दा नराख्ने रोग भित्राउनका लागि क्वारेन्टाईन राख्न मात्र प्रयोग गर्न पाईदैन भन्दै वडाका जनप्रतिनिधिहरु पनि क्यारेन्टाईन राख्ने पक्षमा नरहेकाले नागरिकले आड पाएर वडा कार्यालय र बिद्यालयमा ताला लगाएको वताईएको छ ।
गाउँपालिकाले दिने सबै अवसर अन्त दिने भएकाले आफुले बिरोध गरेको स्थानीयले वताएका छन । यस्तो महामारीका वेला बिवाद गर्नु उपयुक्त नहुने भएपनि आफुले गाउँपालिका अध्यक्षसंग वदला लिन खोजेको वडा नं ४ का नागरिकहरुको भनाई रहेको छ । आफ्नो माग पुरा नभए सम्म तालाा नखोल्ने बताईएको छ ।
गाउँपलिका अध्यक्ष खडानन्द्र चौलागाईले भने महामारीका वेला असयोग गर्नु जस्तो अपराध अरु केही नहुने भन्दै त्यसको बिरुद्धमा लागेका ब्यक्तिको पहिचान हुने बताए ।
वडा सरकारले कुनै अवरोध नगरेको भन्दै खुला मदिरा सेवन गर्नेहरुले आपत्ती जनाएको बताए । गाउँपालिकाको केन्द्र आफुले चाहेर नभई गाउँ सभाको निर्णय भएको भन्दै अहिले यस्ता कुरा गरेर महामारी बिरुद्धको अभियानमा असयोग गर्नु दुखद भएको बताए ।