गाउँपालिका अध्यक्ष गाउँबाट लखेटिएपछि……

कालीकोट:   जिल्लाको शुभकालीका गाउँपालिकाका अध्यक्षलाई वडा नं ४ का स्थानीय नागरिकले गाउँबाट लखेटेका छन् ।
शुभकालीका गाउँपालिका अन्तरर्गत पर्ने महादेव माध्यमिक विद्यालयमा क्वारेन्टाईन राख्ने विषयमा स्थानीय नागरिक र गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईवीच विवाद भएपछि नागरिकले हातपात सहित गाउँबाट लखेटेको बताएका छन् । अन्य सेवासुविधा केही पनि नदिने बाहिरबाट मान्छे ल्याएर राराकाटियामा रहेको महादेव माध्यमिक विद्यालयलाई क्वारेन्टाईन बनाएर राख्ने भनेपछि त्यहाँका नागरिकले अध्यक्ष चौलागाईलाई हातपात सहित गाउँबाट लखेटेको स्थानीय रविन्द्र शाहीले बताए ।


उनले भने, ‘गाउँपालिकाका अध्यक्षले सहमति गर्नुपर्नेमा उल्टै आफ्ना आसेपासे ल्याएर जनतामाथि हातपात गर्न खोजेपछि आफुहरुले प्रतिकार गरेका र्हौ ।’ राराकाटिया विद्यालयमा क्वारेन्टाईन बनाउन नदिने सोच नागरिकको भएपछि नागरिकसंगको सल्लाहविना नै गाउँपालिका अध्यक्षले क्वारेन्टाईन बनाउन दवाव दिएपछि आफुहरुले गाउँबाट नै लखेटेको स्थानीय लोकेन्द्र बहादुर शाहीले बताए ।
यता गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले आफुमाथि कसैले हातपात नगरेको बताएका छन् । उनले भने, ‘क्वारेन्टाईनका विषमा छलफल गर्दा केही नागरिक मदिरा सेवन गरि आएका थिए उनीहरुसंग सल्लाह गर्नुभन्दा गाउँपालिका फर्किनुपर्छ भनि आफुहरु गाउँपालिका आएको तर स्थानीय नागरिक नलखेटेको दावि गरे । राराकाटियामा क्वारेन्टाइन राख्नका लागि प्रदेश सभा सदस्य माननीय कुर्मराज शाहीलाई खवर गरिसकेकाले उहाँले नै छलफल गरि राख्ने नराख्ने भन्ने टुङग्याउने अध्यक्ष चौलागाईले बताए ।
आईतबार मात्र शुभकालीका गाउँपालिको वडा नं ४ मा रहेको महादेव माध्यामिक बिद्यालय रारा काटियामा गाउँपालिकाले क्यारेन्टाईन राख्न खोजेपछि राख्न पाईदैन भन्दै स्थानीयले वडा कार्यालय र बिद्यालयमा ताला समेत लगाएका थिए । गाउँपालिकाको केन्द्र राख्न माग गर्दा नराख्ने रोग भित्र्याउनका लागि क्वारेन्टाईन राख्न मात्र वडा नं ४ का जनतालाई प्रयोग गर्न पाईदैन भन्दै वडाका जनप्रतिनिधिहरु आक्रोशित भएका हुन् ।
गाउँपालिकाले दिने सबै अवसर अन्त दिने रोग आएपछि राराकाटिया राख्न खोजेकाले आफुहरुले गाउँबाट लखेटेको रविन्द्र शाहीले बताए । पछिल्लो समय कालीकोट जिल्लामा जनप्रतिनिधि माथिको हातपात बढ्दै गएको छ ।

error: Content is protected !!