नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भिर भएर लाग्नुपर्ने युवा नेता शाहीको आग्रह

कालीकोटः नेपाली काग्रेस जिल्ला कार्य समिति कालीकोटका सहसचिव एवं प्रदेश सभा ख का क्षेत्रीय सभापति दमनबहादुर शाहीले नागरिकको स्वास्थ्य उपचारमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । उनले केहि समय अघि देश बाहिर र जिल्ला बाहिरबाट आएका ब्यक्तिको तीब्र पिसिआरबाट स्वास्थ्य परिक्षण गर्न नसक्नु र स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्न नसक्नुले कोरोना सक्रमण फैलिनु र नागरिकमा त्रसित बाताबरण बन्नुमा अहिलेको सरकारको ठुलो लार्पबाही भएको बताए । कोरोना सक्रमणले गति लिदै छ लकडाउनको पुर्ण पालना गर्दै आफु बचौ र अरुलाइ बचाउ । उनले भने, ‘छिटोभन्दा छिटो स्वास्थ्य परिक्षणमा तीव्रता दिने र स्वास्थकर्मी, सुरक्षाकर्मी, पत्रकारको सुरक्षामा ध्यान दिनु अहिलेको सरकारको कतव्य भएकाले समयमै ध्यान दिनु पर्छ ।’ सबै क्वारेन्टाइनलाइ ब्यबस्थित गर्दै अनिवार्य बाहिरबाट आएका नागरिकलाइ क्वारेन्टाइनमा राख्न र श्रम गरेर जिबिकोपार्जन गर्ने मजदुर, बिपन्नलाइ उचित राहतको ब्यबस्थापन गर्न सबै सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदछौ । उनले भने ।

error: Content is protected !!