८ बैशाख २०८१, शनिबार

पर्यटन विद्येकमाथि नागरी राय सुझाव संकलन


कालीकोटः कर्णाली प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येकमार्थि कर्णाली फाउण्डेशनले राय संकलन गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथामका लागि सरकारले नेपाललाई बन्दाबन्दी गरेपनि जुम मार्फत कर्णाली फाउण्डेशनले कर्णाली प्रदेश सरकारले ल्याएको विद्येक माथि राय संकलन गरेको हो ।
कर्णाली फाउण्डेशनका अध्यक्ष नारायणप्रसाद भट्टराईले जुम बैठक मार्फत कर्णालीको पर्यटनको विकासका लागि कर्णाली प्रदेश सरकारले ल्याएको विद्येक २०७६ माथि छलफल गरिएको बताए ।
उनले कर्णाली प्रदेशका विभिन्न स्थानीय सरकारका प्रमुख÷उपप्रमुख पर्यटन क्षेत्रमा क्रियाशिल संघ संथा तथा पर्यटन व्यवसायी र संचारकर्मी तथा कानुन व्यवसायीहरुका विचमा विद्येक माथि छलफल गरिएको बताए । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रलाई विद्येकमा समाबेश गर्न सके नसकेको, कस्ता कस्ता बुदाहरुलाई प्रमुख प्राथमिकता दिनुपर्ने थियो लगायतका विषयमा छलफल गरिएको अध्यक्ष भट्टराईले बताए ।
कर्णाली फाउण्डेशनका अध्यक्ष भट्टराईले संचालन गरेको बैठकमा कानुन व्यवसायी पदमबहादुर शाहीले कर्णालीमा पर्यटक आउन चाहे पनि आउने सहज वातावरण नै नभएको बताए । उनले भने कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारा ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा आएपनि कर्णाली राजमार्गले नकारात्मक कुराको मात्र प्रचार गराउने गरेको औल्याए ।
कर्णाली धार्मिक पर्यटकीय क्षेत्र जुम्लाको चन्दनाथ, कनकासुन्दरी लगायतका धार्मीक पर्यटकीय क्षेत्र भएर पनि सरकारको अपहेलनका कारण ओझेलमा परेको बताए । उनले कर्णालीका पर्यटन व्यवसायीलाई अनुदानका व्यवस्था गर्न समेत सरकारलाई माग राखेका छन् ।
राय संकलनमा पर्यटन पत्रकार महासंघका केन्द्रीय सहसचिव विस्नु शर्माले कर्णालीलाई नेपालको मात्र नभई विश्वकै पर्यटकीय गन्तव्य बनाउने बुदा विद्येकमा समेट्नु पर्ने माग राखे । उनले कर्णाली प्रदेश सरकारले पुराना तर ऐतिहासिक सम्पदाको संरक्षणका लागि ठोस योजना अगाडि नसारेको प्रति दुख व्यक्त गरे ।
कर्णाली प्रदेश सरकाले ल्याएको विद्येकमा कृषि र युद्ध पर्यटकीय क्षेत्रलाई पनि समेट्नु पर्ने सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । उनले कर्णाली युद्ध पर्यटकीय क्षेत्रको सम्भावना बोकेको प्रदेश भएपनि सरकारले ल्याएको विद्येकमा समेट्न नसकेको बताए । उनले कर्णाली करिडोर हुर्दै मानसरोबर पुग्न सकिने भएकाले पर्यटकको सम्भावना बोकेको प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक आफुलाई सन्तोशजनक नभएको जानकारी दिए ।
जुम्ला जिल्लाको सिजा गाउँपालिकाकी उपाध्यक्ष विस्नु बुढाले नेपाली खस भाषाको जन्मथलो जुम्लाको सिजा भएको सवैलाई जानकारी हुँदा हुँर्दै पनि सरकारले ल्याएको विद्येकमा सिजा नसमेटिएकाले तत्काल विद्येक संच्याएर अगाडि बढ्नु पर्ने धारणा राखिन् ।
कर्णालीका अधिकाँश पर्यटकीय क्षेत्रमा सडकको पहुँच नभएकाले तत्काल सडक निमार्णलाई प्राथमिकतामा राखि पर्यटन प्रवद्धन गर्नमा सरकार लाग्न नसकेको पत्रकार डिवी बुढाले बताए । उनले कर्णाली धेरै पर्यटकीय क्षेत्रमा टेलिफोन टावरले काम नगर्ने भएकाले पनि पर्यटक कर्णालीमा आउन नमान्ने गरेको उनको भनाई छ ।