८ बैशाख २०८१, शनिबार

कालीकोटमा अझै पायो असारे विकासले निरन्तरता


कालिकोटः जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले निरन्तरता पाएको छ ।
रास्कोट नगरपालिकामा निर्माण हुन लागेको रास्कोट रंगशालाको १ असारमा उपभोक्ता समिति चयन गरियो । विवादै विवादका विच बनेका अध्यक्षले सचिव, कोषाध्यक्ष लगायत समिति बनाउन एक हप्ता लाग्यो । १० असारमा बल्ल उपभोक्ता समितिले पुर्णता पायो र ११ गते नगरपालिकामा निर्माण सम्झौता भयो । कर्णाली प्रदेश सरकार अन्र्तरगत आएको सो आयोजना एक करोड खर्च गर्नुपर्ने छ । असार २० गते सम्म एक करोड खर्च गरि सक्नु पर्ने नियम छ । एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ ।
दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला ? गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो । गएको वर्ष स्काभेटरले काम गरेर कामदारको नक्कली हाँजीर देखाएर उपभोक्त्ता समितिका अध्यक्ष र पधाधिकारिहरुले कामै नगरि एक करोड रकम लिएको स्थानियको आरोप छ । यसपाली पनि गर्त वर्षकै रित दोहोरिने स्थानिय रनबहादुर वमको गुनासो छ ‘हामीले जग्गा त दियौं तर, समितिमै राखेनन् डोजरबाट काम गरेर कामदारको नक्कली सूची बनाएर पैसा खाए, मुख्यमन्त्रीका नजिको हुँ भन्दै यसपाली पनि त्यहि गरे ।’ बमले भने, एक करोड सकाउनकै लागि रातदिन नभनि काम भइरहेको छ । दश दिनमा एक करोड खर्च गर्दा योजनाको गुणस्तर कस्तो बन्ला ? गत वर्ष पनि रंगशाला निर्माणका लागि आएको एक करोड वजेट जनताको आँखामा छारो हालेरै सकिएको थियो यो त एउटा उदाहरण मात्र हो ।
यहाँका ९ वटै स्थानिय तहमा प्रदेश सरकार र संघिय सरकारबाट आएका योजनाहरु असारमै सम्झौता, असारमै विकास गर्ने परिपाटी सुरु भएको छ । प्रदेश सरकारले समयमै अख्तियारी नदिदा निर्माण सम्झौता समयमै गर्न नसकिएको रास्कोट नगरपालिकाले जनाएको छ । नगरप्रमुख काशिचन्द वरालका अनुसार, नगरपालिकाका योजनाहरु ८० प्रतिशत सम्पन्न हुँदा, प्रदेश र संघका योजनाहरु भर्रखर शुरु भएका छन । ‘यो हाम्रो मात्रै कमजोरी होइन, प्रदेश सरकारको पनि हो ।’ उनले भने । प्रदेश सरकार मार्फत आएका धेरै जसो योजनाहरुको निर्माण भर्रखर शुरु भएको छ ।
प्रदेश सरकार अन्र्तरगत खाँडाचक्रमा आएको ताडि देखि राराघाट सम्मको सडक निर्माण, फोरा बान्ना नैनकुन्ज सडक, जिमजेढि खानेपानि, जनजिवन मावि, दशाला माविको भवन निर्माण, लगायतका योजनाहरु असारमै सम्झौता र असारमै विकासका काम शुरु भएका छन् । विषेश अनुदान तर्फ आएको वजेट २० लाखले नगरपालिकाका ११ वटै वडाहरुमा वाख्रा वितरण गर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत्र खड्क प्रसाद उपाध्यायले बताए । यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रमका योजनाहरु पनि अहिले धमाधम सुरु हुन लागेको छ ।