८ बैशाख २०८१, शनिबार

कर्णालीका स्थानीय तहमा अनियमितता


सुर्खेत ।
घटना १ः
गत असारमा जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लियो । तटबन्धन निर्माण कार्य सम्पन्न भएपश्चात् भुक्तानीमा सहजीकरण गरिदिने भनी घूस रकम माग गरेको आरोपमा कार्यालय प्रमुखसहित सब(इन्जिनियर वीरेन्द्र चन्द, सब(इन्जजिनियर रञ्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डेलाई आयोगको कार्यालयले घूस रकमसहित नियन्त्रणमा लिएको थियो । अख्तियारको टोलीले कार्यालय प्रमुख मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद ग¥यो ।
घटना २ः
गत असार महिना नै जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालिन प्रमुखसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्टाचार मुद्दा दायर ग¥यो । जिल्ला हुलाक दैलेखका तत्कालिन प्रमुख अमरबहादुर मल्ललगायत, नायवसुब्बा, सहायक कम्प्युटर अपरेटर, लेखापालहरु र कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालिन कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापालविरुद्ध अख्तियारले कुल १२ करोड ७१ लाख बढीको विगो दावी गरी मुद्वा प्रक्रिया अघि बढायो ।
अतिरिक्त हुलाक कार्यालयमा कर्मचारी नियुक्त गर्दा र भवन निर्माणका लागि ठेक्का आव्हन गर्दा अनियमितता गरेको अभियोगमा उनीहरुमाथि मुद्दा दायर गरिएको हो ।
घटना ३ः
दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपल चौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सोही वडाका वडा सदस्यविरुद्व अख्तियारले आरोपपत्र दायर ग¥यो । उनिहरुलगात अन्य चार जनाले विद्यालयमा प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अख्तियारको आरोप थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आएका उजुरीहरुको विवरण केलाउँदा कर्णालीमा स्थानीय तहहरुमा हुने गरेको भ्रष्टाचारको स्थिती निकै भयावह देखिन्छ ।
चाहे कर्मचारी नियुक्ति प्रक्रिया होस् या विकासे कार्यक्रमहरु, भ्रष्टाचार तथा अनियमितताले सबै क्षेत्र प्रभावित बनाएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा कर्णालीका स्थानीय तहहरुमा हुने गरेको भ्रष्टाचारका विषयलाई लिएर कुल पाँच सय ५४ उजुरी अख्तियारको कार्यालयमा दर्ता भएको जनाइएको छ ।
अख्तियारमा परेका उजुरीमध्ये सबैभन्दा बढी जिल्लामा रहेको तथ्याङ्कले देखाएको छ । दैलेख जिल्लाका स्थानीय तहहरुबाट सेवा प्रवाहका समयमा भएका भ्रष्टाचार तथा अनियमितताका एक सय १८ वटा उजुरी कार्यालयमा आएको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
दैलेखका सबै स्थानीय तहमा अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । नारायण नगरपालिका १४ उजुरी, दुल्लु नगरपालिकाका ९, आठविस नगरपालिकाका १२, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १९ र गुराँस गाउँपालिकाका १० वटा उजुरी कार्यालयमा दर्ता भएका छन् । यसैगरी डुङ्गेश्वर गाउँपालिकाका ८, भगवतिमाई गाउँपालिकाका ७, नौमुले गाउँपालिकाका १४, महावु गाउँपालिकाका १७, भैरवी गाउँपालिकाका ५ र ठाँटिकाँध गाउँपालिकाका ३ उजुरी कार्यालयमा दर्ता भएका छन् । अख्तियारको कार्यालयमा आएका दैलेखका एक सय १८ वटा उजुरीहरु मध्ये ७८ वटा उजुरी फछ्र्यौट भईसकेको छ ।
स्थानीयतहरुमार्फत सेवा प्रवाह समयमा सुर्खेतका स्थानीय तहहरुको ९१ वटा उजुरी कार्यालयमा आएका छन् । यसैगरी कालिकोटका ६२, सल्यानका ४७, मगुका ४७, डोल्पाका २२, जुम्लाका ४४, रुकुम (पश्चिम)का ४६, हुम्लाका ३२ र जाजरकोटका ६७ वटा उजुरीहरु स्थानीय तहसँग जोडिएका छन् ।
भेरीगंगाका धेरै उजुरी
अख्तियारको सुर्खेत कार्यालयमा सुर्खेतको भेरीगंगा नगरपालिकाका धेरै उजुरी परेका छन् । कर्णाली प्रदेशका सबै स्थानीयतहहरु मध्ये भेरीगंगा नगरपालिकाको सेवा प्रवाहका समयमा भएको अनियमितता तथा भ्रष्टाचार विषयको उजुरीहरु सबैभन्दा धेरै छ ।
भेरीगंगा नगरपालिकाको २५ वटा उजुरी कार्यालयमा आएका हुन् । जसमध्य ११ उजुरी फछ्र्यौट भईसकेका छन् भने १४ उजुरी अझै बाकी छन् । यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका सम्वन्धमा २३ उजुरीहरु अख्तियारको कार्यालयमा आए । जसमध्ये ११ उजुरी फछ्र्यौट भईसकेका छन् भने १४ उजुरी बाँकी रहेका छन् ।