८ बैशाख २०८१, शनिबार

रास्कोटमा ठाँउ ठाँउमा पहिरो


कालिकोट । जिल्ला रास्कोट नगरपालिका वडा नं. १ बहुलतोलामा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन् । रास्कोट नगरपालिका वडा नं. १ स्थित जयबहादुर शाहीको घर पहिरोले पुरिएपछि उनका पाँच जनाको परिवार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार जयबहादुर शाही सहित उनका छोरा नविन शाही, छोरी संगिता शाही, गौरा शाही, भदई नाता पर्ने अस्मिता शाही राती घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरिएर बेपत्ता भएका हुन् ।

गएरातीदेखी आएको अविरल बर्षासँगैको पहिरोले बेपत्ताहरुको खोजी गर्न प्रहरीको टोली घटना स्थल पुगेपनि पहिरो नरोकिएका कारण खोजी कार्य गर्न सकिरहेको छैन् ।

प्रहरीका अनुसार रास्कोट नगरपालिका वडा नं. १ कै तुसार खोलामा आएको पहिरोले टेकबहादुर टमट्टाको घर पुरिदा बेलकोषा शाही पुरिएकी छन । स्थानिय यसोधा टमट्टा र मयसरा टमट्टा घाईते भएका छन ।

यस्तै रास्कोट नगरपालिका वडा नं. ९ फुगाडमा आएको बाढीले कर्णाली करिडोर फुगाडमा नेपाली सेनाले बनाएको बृलिबृज र पुल नजीकै रहेको बिष्णु बुढ थापा र पदमबहादुर थापाको घर बगेको छ ।

रास्कोटमा मात्र चार वटा घर पहिरोमा पुरिएका छन् । फुगाडमा गाडी पास हुने बेलिबृज बगेपछि कर्णाली करिडोर पनि अबरुद्ध भएको छ । कालिकोट र बाजुराको यातायात सम्बन्ध बिक्षेद भएको छ ।

यस्तै जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ९ लालुको खुलालु लालु सडक खण्ड अन्तरगत गर्खेको भीरमा खसेको पहिरोमा पुरिएका पारस भण्डारीको दुई दिनसम्म पनि उद्धार भएको छैन् ।

पहिरो नरोकिएकाले उनको उद्धार गर्न नसकिएको जिल्ला प्रहरी प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए । उनका अनुसार पहिरोमा पुरिएका भण्डारीको उद्धारका लागि नेपाली सेना, नेपालल प्रहरी र सशष्त्र प्रहरीको टोली घटना स्थलमै छ ।

जिल्लाका अन्य बिभिन्न ठाँउमा पहिरोबाट प्रभावित स्थानमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अझै बर्षा नरोकिएकाले सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ । प्रमूख जिल्ला अधिकारी चन्द्रप्रससाद गैरेले सार्बजानिक रुपमा सूचना जारी गरी बिपद्का् समयमा सबैले पुर्व तयारी र सचेत रहेका लागि अपिल गरे ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाको टाकुल्ला खोलाले एक जना महिलालाई बगाएको छ । सुर्खेत जुम्ला सडक खण्ड अन्तरगर्त पर्ने टाकुल्ला खोलाले खाडाचक्र नगरपालिका ६ निवासी अविसरा शाहीलाई खोलाले बगाएको हो ।

छोरीको घरमा भेटघाटमा गएको बेला खोलामा आएको बाढीले शाहीलाई बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताए । अविरल वर्षासंग आएको बाढीले उनलाई बगाएको हो । सुर्खेत कालीकोट सडक खण्डको टाकुल्ला खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ । ठेकदारको लार्पवाहीले १० वर्ष सम्म पनि पुल नबनेपछि वर्षेनी नागरिकले सास्ती खेप्नु परिरहेको छ ।

नेपाली कांग्रेस कालिकोटले पहिरो प्रभावित क्षेत्रतिर उद्धार तथा राहतका लागि पार्टीका नेता तथा कार्यकर्ता तथा भातृ संस्था नेबिसंघ र तरुण दललाई परिचालन गरेको छ । नेपाली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेशसभा ख का पाटी सभापती दमनबहादुर शाहीले जिल्लाको रास्कोट तथा अन्य पहिरोबाट प्रभावित क्षेत्रमा नागरिकको सहयोगका लागि नेबिसंघ, तरुण दलका साथै पार्टीका नेता तथा कार्यकर्ताहरु परिचालन गरेको जानकारी दिए । उनका अनुसार कांग्रेसले सबै सरोकारवाला निकायलाई बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित राहत र क्षेत्री पुर्तिको व्यवस्था गर्न माग पनि गरेको छ ।