१६ चैत्र २०८०, शुक्रबार

जंगलमा त्रिपालभित्र पहिरो पिडित


कालिकोट । जिल्लाका बाढी र पहिरोबाट पीडित ३२ घरधुरि त्रिपालमा वस्न बाध्य भएका छन् । शान्नि त्रिवेणि गाउँपालिका वडा नं ६ पोरिबोनमा आएको भिषण पहिरोले पोरिबोनका ३२ घरधुरि पहिरोको उच्च जोखिममा रहेकाले सोहि वडाको डोप्का सामुदायिक वनमा त्रिपाल टाँगेर वसिरहेका छन् ।

गएको साउन १५ गते आएको भिषण पहिरोले घर बगाउदा दुई जनाको ज्यान गएको थियो भने ३२ घरहरु उच्च जोखिम रहेको थियो । उनीहरुको सुरक्षाका लागि सामुदायिक वनमा त्रिपाल टाँगेर राख्नु परेको हो । ‘पहिरोबाट बच्न हामि २० घरहरु जंगलमा त्रिपाल टाँगेर वस्न बाध्य भएका छौ ।

पहिरो पीडित उदे सार्कीले भनें ‘पहिरो पिडितहरुको समस्या वुझ्न अहिले सम्म स्थानिय सरकार आएको छैन ।’ आफंलेै त्रिपाल किनेर २० घर परिवार जंगलमा बसिरहेको उनको भनाई थियो । ‘गाउ नै पहिरोमा जोखिममा रहेकले सुरक्षित हुन जंगलमा वसिरहेका छौ । तर, ‘जंगलमा खान वस्न र पानीको अभाव छ ।’ उनले भने ।

वडा अध्यक्ष रंगराज सार्कीले पहिरो पिडित ३२ घरधुरिको व्यवस्थापनको लागि त्रिपालको तत्काल व्यवस्थ गर्ने बताए । पहिरोले बाटो पुर्णरुपमा अवरुद्ध भएकाले तत्काल त्रिपाल किनेर दिने र खाने पानी र राहतको लागि जुटीरहेको बताए ।