७ बैशाख २०८१, शुक्रबार

एक तोला सुनको मूल्य ९९ हजार ८ सय


काठमाडौं । नेपालमा सुनको मुल्य तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँ रहेको सु्नको मुल्य मंगलबार दुई सय रुपैयाँले बढेर एक लाख नजिक पुगेको हो ।

आइतबार बढेको सुनको भाउ सोमबार स्थिर रहेको र मंगलबार पुनः बढेर तोलामा लाख पुग्न दुई सय रुपैयाँ कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि तोकिएको सुनको बजार भाउ हालसम्मै उच्च भएको पनि महासंघको भनाइ छ ।

महासंघले आजका लागि तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३ सय ७५ रुपैयाँ तोकिको छ भने चाँदीको प्रतितोला भाउ १२ यस ३० रुपैयाँ पुगेको छ । सुनको भाउ अन्तरािष्ट्रय बजार मूल्यमा निर्भर गर्ने भएकाले मूल्य वृद्धिमा स्थानीय बजारको भूमिका नहुने महासंघले जानकारी दिएको छ ।