७ बैशाख २०८१, शुक्रबार

शिक्षकलाई कुटपिट


मुगु । सोमबार राति मुगुमा एक शिक्षक माथी कुटपिट भएको छ । जिल्लाको सोरु गाउँपालिका–३ निवासी शिक्षक बिष्णु राज धामीलाई स्थानीय युवाहरुको समुहले कुटपिट गरेको हो । उनि कालिका आधारभुत विद्यालय, लिबु्रमा अध्यापन गर्छन् ।

स्थानीय मनोज धामीको नेतृत्वमा आएको सात जनाको युवा समुहले घाइते धामीलाई अपहरण शैलीमा घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

धामीको टाउको, पिठ्यु र तिर्घामा चोट लागेको छ । तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र जिल्लाको सदरमुकाम गमगढी पुग्न दुई दिन लाग्ने भएपछि उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेतमा रहेको प्रदेश अस्पतालमा पु¥याइएको छ ।

प्रहरीले कुटपिटमा संलग्नहरुको खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिएका छन् ।