६ बैशाख २०८१, बिहीबार

मानवसेवाले गरायो असारी कामीको परिवारमा पुनर्मिलन


सुर्खेत । मानवसेवा आश्रम सुर्खेतले मानसिक रुपमा विक्षिप्त भएकी असारी कामीको परिवारमा पुनर्मिलन गराएको छ । विगत लामो समय देखि जिल्लाको गुर्भाकोट नगरपालिकाको मेहेलकुना नजिकैको बाटोमा नै दिनरात बिताउदै गरेकी ७१ वर्षिय असारी कामीलाई आश्रमा ल्याई समान्य अवस्थामा फर्काएर पुन परिवार संग मिलन गराएको हो ।

मानसिक रुपमा विक्षिप्त भएकी कामीलाई २०७६ माघ ४ गते मेहेलकुनाबाट उद्दार गरी मानवसेवा आश्रममा ल्याईएको थियो । सात महिना आश्रमको सेवा पश्चात सामान्य अवस्थामा फर्काई शुक्रबार परिवारमा सुखद् पारिवाारिक पुनर्मिलन गराइएको मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजक सिर्जना ओलीले जानकारी दिइन ।

‘लामो समयको प¥यास पछि सुखद् पारिवारिक पुनर्मिलन गराउन सफल भएका छौँ’, उनले भनिन, ‘गाउँले, छिमेकी असारी आमामा आएको परिवर्तन देखि दंग पर्नु भएको छ । यस्ता कर्मबाट आफुलाई थप आत्मसन्तुष्टि भएको महसुस भएको छ ।’ आश्रमको चाहना नै सबैको लागि खाना, नाना र छाना भएको उनको भनाई छ ।