अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा रक्तदान


सुर्खेत । २६औं विश्व अन्तराष्ट्रिय आदिवासी दिवसको अवसरमा सुर्खेतमा रक्तदान गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतले आइतबार वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरिएको बताए । दिवसको अवसरमा गरिने अन्य कार्यक्रम यो बर्ष सबै स्थगित गरिएको जानकारी दिए ।
कार्यक्रममा १० जना महिला र १० जना पुरुषले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक देपेन्द्र केसीले जानकारी दिए ।
कर्णालीपाटी । २५ श्रावण २०७७, आईतवार १२:४०