थप ९ जनामा कोरोना, १२ जना डिस्चार्ज
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
संक्रमित जुम्लाका चार जना, सुर्खेत र कालिकोटका दुई, दुई जना र दैलेखका एक जना रहेका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले चार सय ९९ जनाको पिसिआर परिक्षणमा ९ जनाको मात्र संक्रमण देखिएको जानकारी दिइन् । यो संगै कुल संक्रमितको संख्या एक जजार नौ सय ७९ पुगेको छ ।
थप १२ जना डिस्चार्ज
आईतबार थप १२ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । त्यो संगै हाल सम्म कुल डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ८० पुगेको छ ।
कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भएको छ भने ९३ जना संक्रमित बिरामीको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
बसन्त भण्डारी । २५ श्रावण २०७७, आईतवार १६:२२