७ बैशाख २०८१, शुक्रबार

कालिकोट दुर्घटना पीडितलाई सहयोग


कालिकोट । केहि दिन अघि कालिकोटको लालीघाटमा टिपर दुर्घटनामा परी ज्यान गुमाएका परिवारका आफन्त र घाइतेहरुलाई कांग्रेस नेता भूपेन्द्रजंग शाहीले नगद सहयोग गरेका छन् । सोमबार मृतकका परिवारलाई जनही ५ हजार र घाइतेलाई १ हजारका दरले सहयोग गरेका हुन् ।

नेपाल तरुण दलका महासचिव र पार्टीका महासमिति सदस्यसमेत रहेका शाहीले कोरोना कहरको बेला अलिकति भए पनि राहत होस् भनेर पीडितलाई सहयोग गरेको बताए । जेठ २८ गते भएको दुर्घटनामा ठुम्ली सार्कीको मृत्यु भएको थियो । डब्बले सार्की र सरिता सार्की अझै बेपत्ता छन् ।