८ बैशाख २०८१, शनिबार

मन्त्री र सचिव बिच कार्यसम्पादन सम्झौता


सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल र सचिव लोकनाथ पौड्याल बिच कार्यसम्पादन सम्झौता भएको छ । सोमबार मन्त्रालय मातहतका तीन सय ७३ वटा क्रियाकलाहरु मन्त्रालय र मातहतका २६ वटा इकाईहरुबाट कार्ययोजना बमोजिम सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

मन्त्रालयको कार्य क्षेत्र शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, युवा तथा खेलकुद, सामाजिक विकास, भाषा तथा संस्कृति र सरसफाई जस्ता काममा सम्झौता भएको हो ।

सम्झौता अनुसार पहिलो चौमासिमका ३० प्रतिशत काम, दोस्रोमा ५० प्रतिशत र तेस्रो चौमासिकमा २० प्रतिशत गरी सम्पन्न गर्नुपर्ने मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।