६ बैशाख २०८१, बिहीबार

कर्णालीमा थप ६२ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ६२ जनामा कोरोना भाइरसको (कोभिड १९)को संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा ५६ जना, प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रशोगशाला सुर्खेत र चौरजहारी नगरपालिका पीसीआर परीक्षण प्रयोगशाला रुकुमपश्चिमा तीन, तीन जनामा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार दुई सय २५ पुगेको छ ।

नयाँ संक्रमित मध्ये जुम्लाका ५२ जना, रुकुम पश्चिमका तीन जना, कालिकोटका दुई जना, ताप्लेजुङ, बैतडी, बर्दिया, दैलेख, र बाँकेका एक, एक जनामा कोरोना संक्रमण देखिएको हो ।

कुल संक्रमित मध्ये हाल सम्म एक हजार नौँ सय ४५ जना उपचार पछि डिस्चार्ज भएर घर फर्कीएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छैनन् ।

हाल सम्म कुल संक्रमण पुष्टी भएका मध्य ६ जनाको मृत्यु भईसकेको छ । भने हाल दुई सय ७४ जनाको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।