७ बैशाख २०८१, शुक्रबार

वि.पी.कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्षमा चालिसे


सुर्खेत । वि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च सुर्खेतको अध्यक्षमा सविन चालिसे चयन भएका छन् । विपी कोइरालबाट व्यक्त विचार प्रतिपादित निती र अवधारणाहरुलाई गाउँगाउँ पुर्याउने उदेश्यले गठन भएको मञ्चको सुर्खेतकालागि सविन चालिसेलाई अध्यक्षमा चयन गरिएको हो ।

मञ्चले लोकतन्त्रमा विश्वाश राख्ने लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने लोकतन्त्रमा नै सम्मुन्त नेपालको सपना देख्ने युवा नेतृत्व एवं व्यक्तित्व विकास गर्दै लैजाने केन्द्रीय समितिले जनाएको छ ।