६ बैशाख २०८१, बिहीबार

नकु घटनालाई समेटेको शाहीको नयाँ गित सार्वजनिक


कालीकोटः लोक तथा देउडा गायक महेन्द्रबहादुर शाही ‘रास्कोटी’ को नयाँ ठाडिभाका सार्वजनिक भएको छ ।
कालीकोट जिल्लाको महावै गाउँपालिका–३ नकुमा आएको पहिरोले एकै परिवारका ६ जनाको मृत्यु भएको थियो । सोही घटनालाई आधारमानी शाहीको ठाडिभाका बजारमा आएको छ । उनले आफ्नो ठाडिभाकामा यसरी शव्द समायोजन गरेका छन् ।
२०७७ साउन २९ गते राती
काँबाट काल बनी आयो पैरो घरमाथी ।
धन राख्योन जिउ राख्योन यहि ७७ सालले
नाप्पा दया मानिल्नु हो बैरी पापी कालले ।
यस्तै हृदयविधारक देउडा समेटेकोे ठाडिभाका एल्वम ‘नकु गाउँको पहिरो’ सार्वजनिक भएको हो । साउन २९ गते राति महावै गाउँपालिका–३ नकु गाउँमा रजबहादुर विष्टको घर भत्कीदा उनका दुइ छोरा दुइ छोरी र उनका दाजु डिलबहादुर विष्टका दुइ छोरीको ज्यान गएको थियो ।
सोही घटनालाई लिएर चर्चित गायक महेन्द्र शाही रास्कोटीको आवाजमा ठाडिभाका गीती एल्बम बजारमा आएको छ । महावै गापा –३ को सहयोगमा रजबहादुर विष्टको प्रस्तुतिमा केशर सिंह आक्रोशको शब्द रचना रहेको ठाडि भाका गितमा नवरज सिंह विवेकको लय रहेको छ ।
पहिारो परि एकै परिवारका ६ जना गुमाउनु परेको दर्दनाक घाउमा गायक रास्कोटीले गितबाटै मलम लगाउने प्रयास गरेका हुन् ।