५ बैशाख २०८१, बुधबार

हुम्लामा भिषण आगलागी


सिमकोट । जिल्लाको सर्केघाड गाउँपालिकाको रोडिकोटको ठूलो गाउँमा भिषण आगलागी भएको छ । एकघरबाट शुरु भएको अगालागी अहिले गाउँका अन्य घरमा फैलिएको रोडिकोटका ओमप्रसाद जैशीले जानकारी दिए ।

गाउँमा अहिले केही बेर शुरु भएको आगालाडी नियन्त्रणका लागि गाउँका सबै गएको भएपनि नियन्त्रण बाहिर गएकाले केही गर्न नसकिएको बताइएको छ । आगलागी भएपछि नियन्त्रणका लागि सर्केघाड गाउँपालिको केन्द्र सर्केघाडबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सुर्य प्रसाद सुवेदीले जानकारी दिए