८ बैशाख २०८१, शनिबार

जन्मदिनको अवसरमा स्टेचर सहयोग


कालीकोटः नेपाल प्रेस युनियनका उपाध्यक्ष रेडियो मालिका एफ.एमका कार्यक्रम संयोजक पत्रकार पुष्पराज भट्टराईले महावै गाउँपालिकालाई स्टेचर सहयोग गरेका छन् ।
आफ्नो जन्मदिनको अवसरमा पत्रकार भट्टराईले सडक अभावमा गाउँपालिकाका ७ वटा वडालाई ७ वटा स्टेचर सहयोग गरेका हुन् । सामुदायिक रेडियो मालिका एफ.एममा एक कार्यक्रमको आयोजना गरि भट्टराईले महावै गाउँपालिकाका कर्मचारी खाम्मबहादुर सिंहलाई स्टेचर हस्तान्तरण गरेका हुन् । भर्दौ १ गते भएको महावै गाउँपालिकाको सार्वजनिक सुनुवाईमा एकजना स्वास्थ्यकर्मीले आफ्नो वडामा स्टेचर समेत नभएको भनि प्रश्न राखेपछि भट्टराईले आफ्नो जन्मदिनमा हुने फजुल खर्च कटाएर स्टेचर वितरण गरेको बताए ।
उनले भने स्थानीय तह निर्वाचन भएको करिव ३ वर्ष भन्दा बढी वितिसक्दा पनि महावै गाएँपालिका वडा नं ७ का नागरिकले स्टेचर समेत पाएका थिएनन् । वडाले दिएको डोको समेत भाचिएपछि नागरिकलाई विरामी बोक्न समस्या भएको सार्वजनिक सुनुवाइमा कुरा उठेपछि आफ्नो जन्म दिनका दिन ४० हजार २ सयको लागतमा ७ वटा स्टेचर सहयोग गरहेको हुन ।


महावै गाउँपालिकाका नागरिक सामान्य विरामी पर्दा समेत बोक्नका लागि स्टेचर नभएपछि पत्रकारले विरामी बोक्नका लागि सहज होस भन्ने हेतुले स्टेचर सहयोग गरेको बताए । कार्यक्रममा रेडियो मालिका एफ.एमका अध्यक्ष मीनबहादुर बोगटीले जन्मदिनमा हुने अनावश्यक खर्च कटाई स्टेचर सहयोग गरेकोमा खुसी लागेको बताए । उनले, पत्रकारले स्टेचर सहयोग गनु नौलो कार्य भएको समेत औल्याए ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ख का क्षेत्रीय सभापति दमनबहादुर शाही र प्रेस संगठन नेपाल कालीकोटका अध्यक्ष भरतराज विष्टले सकारात्मका काममा सवैको सहयोग रहने भएकाले यस्तै सामाजिक कार्य गर्दै जानुपर्ने बताए । उनीहरुले वडाले आफै खरिद गर्न सक्ने स्टेचर समेत पत्रकारले उपहार दिदा वडालाई चुनौति समेत भएको बताए ।
पत्रकारले गाउँपालिका लाई बिरामी वोक्ने स्टेचर सहयोग गरेको भन्दै सामाजिक संञ्जालमा गाउँपालिकाको आलोचना गरिएको छ । स्थानिय सरकार संचालन भएको चार वर्ष वित्न लाग्दा समेत गाउँपालिका केन्द्रसम्म पनी सडक नखनिनु र अहिले सम्म बिरामी बोक्ने स्टेचर समेत नहुन दुखद भएको नेकपा नेता चित्रसिंह गाउँलेले प्रतिक्रिया दिए । उनले भने, आर्थिक वर्ष २०७६,७७ मा स्वाथ्य क्षेत्रमा पचास लाख वजेट छुटाईएको थियो । त्यहि रकम पनी खर्च गर्न नसकि अल्या भएको छ । तर, सुचना र सन्देश मार्फत विकास र सम्वृद्धि ल्याउने एउटा पत्रकारले गाउँपालिकालाई बिरामि वोक्ने स्टेचर दिनु पर्दा गाउँपालिकाले लाज मानेन ।