निर्वाचित जनप्रतिनिधिको आडमा कर्मचारीले दिए कर्मचारीलाई मार्ने धम्की

कालीकोटः जिल्लाको नरहरिनाथ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्ललाइ गाउपालिकाका जनप्रतिनीधिको आडमा स्वास्थ्या शाखा संयोजक अमर वहादुर वटालाले ज्यान मार्ने धम्की दिएका छन् ।
स्वास्थ्य संयोजक बटालाले प्रमुख प्रशासकीय अधिकृत मल्ल र लेखाशाखाका कर्मचारीलाई पटक पटक धम्काउने, गालीगलौज गर्ने, अपमान गर्ने र मार्ने धम्की दिएको भन्दै मल्लले सरोकारवालालाई छलफलका लागि अपिल जारी गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जारी गरेको अपिलमा भनिएको छ । आफु र लेखाशाखाका कर्मचारीलाई बारम्बार प्रक्रिया विपरित भुक्तानीका लागी दबाव दिने, यातना दिने र आफ्नो कुनै बेरुजु देखिएमा मार्ने धम्की संयोजक बटालाले दिदै आएका छन् ।
आफु नियमविपरित चल्ने भुक्तानि प्रक्रिया रोकिएमा निर्वाचित जनप्रतिनिधिको आडमा बटालले धम्क्याउर्दै आएको मल्ले बताए । उनले भने, ‘हामी कर्मचारीहरुले प्रक्रियामा आएका काम रोकेका छैर्नौ उहाँ प्रक्रिया विपरित जनप्रतिनिधिको आडमा भुक्तानी माग्नुहुन्छ हामी भुक्तानी गर्न सक्दैर्नौ नसके अमानवीय व्यवहार गर्नुहुन्छ ।’
स्वास्थ्य संयोजक बटालाले प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँलाई दिएको नेपाल रेडक्रस सोसाइटीको राहतसमेत हराएको अपिलमा भनिएको छ । जिन्सी सामानको खोजि गरेमा उल्टै बटालाले गालि गर्ने, चेतावनी दिने जस्ता क्रियाकलाप गर्दै आएकाले नेजामति सेवा दिवसका दिन गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीलाई बोलाएर छलफल गर्ने मल्लले बताए ।
यता नरहरिनाथ गाउँपालिकाका कर्मचारी माथि भएको अमानवीय व्यवहारको नेपाली काँग्रेसले खेद प्रकट गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं ख का क्षेत्रीय सभापति दमनबहादुर शाहीले कानुन र बिधि बमोजिम चल्न खोज्ने कर्मचारीलाई सत्ताको दम्भ राख्दै केहि अराजक ब्यक्तिहरुबाट यस्ता हर्कत हुन्छन् भने जस्तोसुकै कार्वाहीको भागिदार हुनुपर्ने बताए । उनले यस्ता गतिविधि गर्नेलाइ कानुनी कार्वाही गरिएन भने त्यसपछि आउने परिस्थितिको जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने शाहीको भनाई छ ।
कर्मचारीले कर्मचारीलाई धम्क्याउनु राजनीतिक संरक्षण भएको नेपाली काँग्रेसबाट गत स्थानीय तह निर्वाचनका उम्मेदवार मीनबहादुर बोगटीले बताए । उनले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले केही कर्मचारीलाई संरक्षण गरेकाले त्यसो नर्गन आग्रह समेत गरे । आफु पनि नरहरिरनाथ गाउँपालिकाको उम्मेदवार भएकाले पनि यसको समाधानका लागि भोली नै गाउँपालिकामा जाने बोगटीले बताएका छन् ।

error: Content is protected !!