७ बैशाख २०८१, शुक्रबार

सहयोगको लागि अपिल


सुर्खेत। भीरबाट लडेर मानसिक सन्तुलन बिग्रीएका विरेन्द्र बमको उपचारका लागि सहयोग गरिदिन उनकी श्रीमतीले अपिल गरेकी छन् । केहि समय अघि वीरेन्द्रनगरमा घुम्टी पसल गदैँ आएका विरेन्द्र कोरोना भाइरसको माहामारी सुरु भए पछि जन्म थलो दैलेखको गुराँस गाउँपालिका ५ साविकको गगनपानी गएका थिए ।

जन्मथलो गएको समयमा उनी बैशाख ५ गते जंगलमा दाउँरा काट्न जादाँ भिरबाट लडेर टाउँकोमा गम्भिर चोट लागेको थियो । गाउँलेहरुको सहायतामा उनलाई उपचारको लागि प्रदेश अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार गर्न नसकिए पछि कोहलपुर रिफर गरिएको थियो । त्यस पछि उनलाई बुटवल लगिएको थियो ।

तर पछि नेपालगन्ज मेडिकल कलेजमा उचारको लागि भर्ना गरिएकोमा बमको टाउँको, घाटी तथा छातीको भित्रि भागमा गम्भिर रुपमा चोट लागेको र पैसा धेरै नै लाग्ने अस्पतालले जनाए पछि श्रीमति धनरुपाले नातेदार तथा छिमेकीहरु सँग ऋण सापट गरेर केही पैसा को जोहो गरिन् ।

२०७७ बैषाख ६ गते देखी जेष्ठको २७ गते सम्मा नेपालगन्ज मेडिकल कलेजमा १० लाख रकम सकिएको बताउँदै श्रीमती धनरुपाले थप उपचारको लागि सहयोग गरिदिन आग्रह गरेकी हुन ।

‘एक महिना सम्म आइसुमा राख्दाँ औषधी, अक्सिजन, खाना लगायत अन्य खर्च गरेर दैनिकि १४, १५ हजारको विल आउँथ्यो’, उनले भनिन, ‘एक महिनाको अबधिमा करिब १० लाख खर्च भयो तर अझैपनि मान्छे राम्रो सँग चिन्न सक्नु हुन्न, हिड्न, खाना, तथा दिशापिसाबको लागि पनि सहायताको आवश्यकता पर्ने गर्दछ, र एउटाले दैनिक उनको हेरबिचार गर्नुपर्ने हुन्छ ।’

थप उपचारको लागि डाक्टरले ८ देखि १० लाख सम्म रकम लाग्ने बताएको भन्दै धनरुपा तथा उनका परिवाले सहयोग गरी विरेन्द्रको जीवन जोगाइदिन अपिल गरेका छन् ।

उनलाई सहयोग गर्न चाहानेले श्रीमती धनरूपाको मोवाइल नम्बर ९८६८३१७०२३ फोन गरेर पत्यक्ष भेटेर वा माछापुच्छे बैंकमा रहेको खाता नम्बर ७३२३५२४८५३४७००१८ मा पनि सहयोग गर्न सकिनेछ ।

उच्त घटना थापा पाए पछि चुलबुले मिडियाका सन्तोष कठायत र कलरफुल नेपालका अभिनन्दन बस्नेतले केहि मात्रामा सहयोग गरेका छन् । सबैको सहयोग बाट नै विरन्द्रको जिवन जोगिने भएकाले सक्दो सहयोग गरिदिन कलरफुल नेपालका बस्नेतले समेत अपिल गरेका छन् ।