८ बैशाख २०८१, शनिबार

कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कानुनि कार्वाही गर्न निजामति कर्मचारी युनियन संघको आग्रह


कालीकोटः  जिल्लाको नरहरिनाथ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्ललाइ गाउपालिकाका जनप्रतिनीधिको आडमा स्वास्थ्या शाखा संयोजक अमर वहादुर वटालाले ज्यान मार्ने धम्कीप्रति निजामति कर्मचारी युनियन संघ कालिकोटले घोर विरोध गरेको छ ।
स्वास्थ्य संयोजक बटालाले प्रमुख प्रशासकीय अधिकृत मल्ल र लेखाशाखाका कर्मचारीलाई पटक पटक धम्काउने, गालीगलौज गर्ने, अपमान गर्ने र मार्ने धम्की दिएको भन्दै मल्लले सरोकारवालालाई छलफलका लागि अपिल जारी गरेपछि निजामति कर्मचारी युनियन संघका अध्यक्ष नरदल बुढाले एक विज्ञप्ती जारी गरि उक्त घटनाप्रति खेद प्रकट गरेका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, कुनै पनि कर्मचारी माथि भएको अभद्र व्यवहारप्रति निजामति कर्मचारी युनियन संघ कालिकोट घोर विरोध गर्दछ यस्ता अनैतिक र अभद्र व्यवहार गर्नेलाई कानुननि कार्वाही गरिनुपर्छ र पीडित पक्षलाई कर्मचारी युनियन संघ न्यायको माग गर्दछ ।’ विज्ञप्तीमै भनिएको छ पीडित पक्षलाई उचित न्याय नभए कर्मचारी युनियन संघ चुप लागेर बस्ने छ्रैन ।