युवा सशक्तिकरण वुलगारी परियोजना बहिर्गमन

कालीकोटः युवा सशक्तिकरण वुलगारी परियोजनाको बहिर्गमन तथा प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपालको साझेदारीमा जिल्लाको नरहरिनाथ गाउँपालिकामा लागु भएको परियोजनाको गाउँपालिकामा रहेका मावि विद्यालयहरुमा लागु भएको समयअवधि सकिएको छ ।
शिक्षा, जिवीकोपार्जन सम्बन्धित काम गर्दै आएको परियोजनको समयावधि सकिएपछि एक कार्यक्रमको आयोजना गरि परियोजना बहिर्गमन भएको हो । जिल्लाको नरहरिनाथ गाउँपालिकामा विद्यालय स्तरमा गर्दै आएको कामको बारेमा विद्यालयका प्रधानाध्यापकहरुसंग परियोजना बहिर्गमन तथा प्रतिवद्धता गराउदै कार्यक्रम बुधबारदेखि सकिएको छ ।
सन २०१६ बाट नरहरिनाथ गाउँपालिकामा परियोजनाले काम गर्दै आएको हो । बहिर्गमन कार्यक्रममा नरहरिनाथ गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिपाल विकले परियोजनाले शिक्षा क्षेत्रमा ठुलो देन गरेको बताए । त्यस्तै कार्यक्रममा शान्ति माविका प्रधानाध्यापक भुपेन्द्र बोहोराले सन २०१६ देखि विद्यालयमा आफ्ना क्रियाकलाप संचालन गर्दै आएको परियोजना जादा दुख लागेको बताए । उनले विद्यार्थीका लागि जीवन उपयोगी सिप मुख्य भएकाले अव जिवन उपयोगी सिपको तालिम लिएका शिक्षकले ८ कक्षा देखि विद्यार्थीले वर्षमा १ पटक तालिम दिनुपर्ने बताए ।
त्यस्तै अर्का शिक्षक जयबहादुर बुढाले युवा सशक्तिकरण वुलगारी परियोजनाका क्रियाकलाप उत्कृष्ठ रहेको बताए । उनले कार्यक्रम फेज आउट भएपनि पुन शिर्षक परिर्वतन गरेक थप गर्न आग्रह गरे । परियोजना लागु भएपछि नरहरिनाथ गाउँपालिकामा ९६ प्रतिशत बालबालिका विद्यालयमा नियमित भएका छन् । उनले बालबालिकाले आर्थिक अवस्था कमजोर भई विचैमा विद्यालय छोड्न दर घटेकाले पुन परियोजनालाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रम शिक्षक तपेन्द्र महताराले परियोजनाले अभिावक शिक्षा र परामर्श गरेकाले नरहरिनाथमा शिक्षाको गुणस्तर बृद्धि गर्न परियोजनाले खेलेको भुमिकाको प्रशंसा गनुभयो । उनले गाउँमा गठन गरिएका बालक्लवलाई पनि संस्थागत रुपमा विकास गर्न परियोजनाको ठुलो हात रहेको बताए । परियोजना बहिर्गमन भएपनि पुन कार्यान्वयन गराउन भिडिसेफलाई आग्रह गरे । उनले अव परियोजनाले प्रविधिमैत्री, नमुना विद्यालयको विकास र विस्तार शिक्षाको बैकल्पीक विकासगर्दै पुन नरहरिनाथमा ल्याउन आग्रह गरे ।
परियोजनाले शिक्षाका क्षेत्रमा उपचारात्मक कक्षा, बर्सरी सहयोग, उत्कृष्ठ शिक्षक अभिभावक विद्यालयलाई पुरस्कृत, विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि कोष स्थानपना, पालिकामा बाल अनुदान कोष स्थानपना, जीवन उपयोगी सिप लगायत शिक्षाका क्षेत्रमा काम गरेको थियो । कार्यक्रममा सवैको सकारात्मक सुझाव भएकाले कार्यक्रम पुन पनि लागु हुन सक्ने भिडिसेफ नेपालका बोड सदस्य नेत्रप्रसाद देवकोटाले बताए । त्यस्तै सेभ द चिल्ड्रेनका परियोजना अधिकृत इन्द्रबहादुर विश्वकर्माले शिक्षाको क्षेत्रमा नरहरिनाथमा परियोजनाले धेरै परिर्वतन गरेको बताए ।
उनले परियोजना अवधिभर सहयोग गर्ने शिक्षक लगायतलाई धन्यवाद समेत दिए । कार्यक्रममा शिक्षकहरुले परियोजनाले गरेका गतिविधिलाई आफुहरुले पनि निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् । कार्यक्रम भिडिसेफका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारी, युवा सशक्तिकरण बुलगारी परियोजनाका कार्यक्रम संयोजक भुपालसिंह बोहोरा, लेखाप्रमुख सरस्वती संज्याल लगायतको उपस्थिति रहेको थियो ।

 

error: Content is protected !!