भिडिसेफ मार्फत तिलागुफामा राहत वितरण

कालीकोटः जिल्लाको तिलागुफा नगरपालिका वडा न १ मा राहत वितरण गरिएको छ । सेभ द चिल्ड्रेन र ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोटको साझेदारीमा संचालित शुभारम्भ परियोजना अन्तरगर्त तिलागुफा नगरपालिकामा राहत वितरण गरिएको हो ।
भदौ १४ गते आएको पहिरोमा परि मृत्यु र घाईते र जोखिममा रहेका परिवारलाई राहत वितरण गरिएको छ । विभिन्न ठाउँमा पहिरोमा परि आफन्त गुमाएका घरपरिवारलाई ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) ले राहत उपलव्ध गराएको हो । भर्दौ १४ गते आएको सुख्खा पहिरोमा परि १० जनाको मृत्यु र २ जना घाईते भएका थिए । घाईतेको जुम्लामा उपचार पछि निको भएको थियो ।
ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्चले पहिरोमा परि मृत्यु भएका पूर्ण रुपमा घर क्षति भएका र घाईतेका आफन्तलाई ३० हजार भन्दा बढीको कम्मल डस्ना, सिरानी, तन्ना, बाल्टी, पानी पिउनका लागी जग हात धुनका लागि सावुन वितरण गरिएको छ । साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण तिलागुफामा बढ्दै गएकाले तिलागुफा नगरपालिकाका ५ वटा स्वास्थ्य संस्थालाई ८० हजार बराबरको स्वास्थ्य सामाग्री पनि वितरण गरिएको छ ।
तिलागुफामा राहत वितरण गर्दै ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोटका अधयक्ष मीनबहादुर बोगटीले आफुहरुले पीडितको घाउँमा मलहम लगाउने काम गरेको बताए । उनले कालीकोटमा कोरोना भन्दा पनि बढी बाढीपहिरोबाट पिडित भएकाले आफुले संस्थाको तर्फबाट सक्दो राहत उपलव्ध गराएको बताए । कालीकोट जिल्लामा बाढीपहिरो पीडित बढी छन् उनीहरुलाई अहिले समस्या छ त्यसैले आफुले सकेजति राहत ल्याएर तिलागुफा आएको हुँ बोगटीले भने ।

 

error: Content is protected !!