७ बैशाख २०८१, शुक्रबार

११ वर्ष सम्म नबनेको पुल १ वर्षमा बन्ला त ?


कालीकोटः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ७ वर्ष पछि खुलालु पुलको अनुगमन गरेका छन् ।
लामोसमयदेखि निमार्णाधिन खुलालु पुलको मुख्यमन्त्री शाहीले ७ वर्ष पछि अनुगमन गरेका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा कालीकोट जिल्लाबाट निर्वाचित भएर उर्जामन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री शाही २०७४ सालको निर्वाचनमा कालीकोट प्रदेशसभा ख बाट प्रदेश साँसदमा निर्वाचित भएर कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका थिए ।
प्रतिनिधि सभा र प्रदेशसभामा निर्वाचित भएको ७ वर्ष पछि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले खुलालु पुलको अनुगमन गरेका हुन् । कालीकोट जिल्लाको पचालझरना गाउँपालिमा जन्मिएर लामोसमय जनयुद्धमा लागेका शाहीले आफ्नै जिल्लामा ११ वर्ष देखि निमाणाधिन खुलालु पुलको ७ वर्ष पछि अनुगमन गर्दा धेरैले सामाजिक संजालमार्फत आलोचना समेत गरेका छन् ।
निर्वाचनको बेला कालीकोटका राजनीतिक दलको मुख्य चुनावी एजेन्डा बन्ने पुल अझै निमार्ण हुन सकेको छैन । तर शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त पुलको अनुगमन गरेका छन् । २०६७ सालमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र २०७१ सालमा तत्कालीन भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधिले खुलालु पुलको शिलान्यास गरेका थिए । दुई पटक सिलान्यास भएको पुल अहिलेसम्म पनि निर्माण कार्यले तिब्रता नपाउँदा स्थानीयहरु मर्कामा परेका छन् ।


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त पुलको अनुगमन गरेपछि अव पुलले तिव्रता पाउनेमा स्थानीयबासीले विश्वास लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनुगमनकै क्रममा पुललाई चाडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले आगामी असारसम्म काम सम्पन्न नगरे पुन अर्को टेन्डर गर्ने भन्दै निमार्ण कम्पनीलाई ताकेता गरेका हुन् ।
गौरवको आयोजना मानिएको कर्णाली करिडोर सम्पन्न हुन लाग्दा समेत अहिलेसम्म खुलालु पुल निमार्ण हुन सकेको छैन । खुलालुमा पुल नहुँदा झुलुङगे पुलबाट सामान बोकेर लैजादा नागरिक महंगीको मारमा पनि परेका छन् । कालीकोटको खुलालु देखि हुम्ला र तिव्वतको सिमानासम्म निमार्ण गरिने कर्णाली करिडोरमा पक्की पुल नबन्दा नागरिकले सास्ती भोग्नु परेको छ । अहिले सडक निमार्ण भएको बाजुरासम्म नियमित गाडि संचालन भइरहेको भएपनि खुलालुमा पुल नबन्दा नागरिकले पाउनु सास्ती पाएका छन् ।
आगामी असार भित्र आफुले पुल संचालनमा ल्याईसक्ने कन्काई नेपाल प्रगति जेविका संचालक दिपक मैनालीले बताए । उनले अहिले लकडाउन भएकाले सामाना ल्याउन असहज भएकाले काममा तिव्रता दिन नसकेको स्विकार गरे । उनले भने मुख्यमन्त्रीले दिएको निर्देशन अनुसार आगामी असार भित्र पुल संचालनमा ल्याइसक्ने र्छौ । यसमा सवैको साथ आवश्यक छ । ११ वर्ष सम्म नबनेको पुल १ वर्षमा बन्ला त ?