डाक्टर बन्ने सपना बोकेका तिर्थ कसरी बने सुनचाँदी व्यवसायी

सुर्खेत । तिर्थ सुनार १५ वर्ष अघि सुनचाँदीको झोला बोकेर गाउँ–गाउँ चहार्थे । दैलेखको दुल्लु नगरपालिका–१ का २७ वर्षीय उनको काम एउटै छ, तर भूमिका फेरिएको छ । पहिलेको कामले उनी अहिले मालिक भएका छन् ।
बाल्यकालदेखिको उनको मुख्य पेसा नै सुनचाँदी कै हो । उनी सुर्खेतका एक अब्बल सुनचाँदी व्यवसायी÷मालिक हुन् । सानै उमेरदेखि मेहेनती र साहसी उनको भविश्यमा डाक्टर बन्ने सपना थियो ।

सामान्य परिवारमा जन्मिएका उनको डाक्टर बन्ने सपना पुरा सकेन । परिवारको आर्थिक अवस्था डाक्टर बन्ने सपनाको बाधक बनिदियो । सुनार डाक्टर बन्न पाएनन्, कालान्तरमा सुनचाँदी पसलका मालिक बने । उनी गाउँमै जन्मिए र गाउँमै हुर्किएँ । गाउँ मै पाँच कक्षा सम्म पढेँ ।

उनका बाबा सरु सुनार गाउँबाट दैलेखको तल्लो डुंगेश्वर झरे । तिर्थले कक्षा ६ देखि ८ सम्म तल्लो डुंगेश्वर मै अध्ययन गरे । भाई सुर्खेतमा पढिरहेका थिए । तिर्थ पनि कक्षा ९ र १० सुर्खेत मै पढेँ । उनले एलएलसी भने गाउँकै भानु उच्च माविबाट दिएर पास गरे । छोरो डाक्टर बनोस् भन्ने बाबाको पनि सोच थियो, उनी तिर्थलाई आफूजस्तै दुःखी बनाउन चाहदैन थिए ।

डाक्टरको प्रवेश परिक्षा दिए एसएलसीपछि । प्रवेश परीक्षामा उनी उतिर्ण समेत भएँ । तिर्थ भन्छन्, ‘सोचे जस्तो सजिलो नहुँदो रहेछ, आर्थिक हिसाबले पनि पढाइमा निकै महंगो हुने रहेछ । त्यसैले धरौटी रकम तिर्न नसकेर मैले डाक्टर पढ्ने सपना छोडिदिएँ ।’ पछि दुल्लुमा उनले विज्ञान विषय लिएर विजय उच्च मावि दुल्लुमा पढे । प्लस टु पनि सकियो ।

रिजल्ट नआउञ्जेलसम्म एक निजी विद्यालय मास्टर बने । फेरी पनि तिर्थले घरको कमजोर आर्थिक अवस्थाका कारण साइन्स पढाइलाई अघि बढाउन सकेनन् । उच्च शिक्षाका लागि सुर्खेतमा आएर शिक्षा क्याम्पस सुर्खेतमा भर्ना भएँ । तर स्नात्तक प्रथम र दोस्रो वर्षको परीक्षा दिएपछि उनको पढाई रोकियो । सुर्खेतमा पढ्नको लागि खर्च व्यवस्थापन गर्न तिर्थलाई हम्मेहम्मे भयो ।

पढाई छोडेर जागिरका लागि महादेव निम्न माध्यामिक विद्यालय तल्लो डुंगेश्वरमा गएँ । मासिक १०÷१२ हजार तलबमा दुई वर्षजति जागिर गरेँ । तर विवाहपछि उक्त तलबले घर धान्न हैरान भएपछि जागिर छोडेर सुनचाँदीका गहना बनाउने काममा फर्किने तिर्थले निर्णय गरेँ ।

घरपरिवार समेत समालेका तिर्थका बाबा सरु सुनारको निधन भएपछि सबै घरायासी जिम्मेवारी तिर्थका काँधमा आइप¥यो । आर्थिक संकट बढ्दै गयो । पैंसा कमाउने अन्य कुनै सीप र विकल्प नभएपछि बुवाबाट सिकेको सुन बनाउने पेशा नै रोज्ने निर्णय गरेँ ।

सुनचाँदी व्यवसाय सुरु गर्नका लागि घरमा आर्थिक थिएन । कुनै विकल्प नभएपछि तिर्थ झोलामा सुन बनाउने सामान राखेर गाउँ–गाउँ डुल्न थालेँ । उनी भन्छन्, ‘बिस्तारै आफैमा आँट र जाँगर बढ्यो । कमाई पनि राम्रो हुँदै गयो ।

पछि मेरो श्रीमतीको हौसलामा सुर्खेतमा सुनचाँदी व्यवसाय सुरु गरे । पहिलो पटक सुर्खेतको इत्राममा करिब ३ वर्ष पसल खोले ।’ तिर्थले इत्राममा पसल गर्दा धेरै ग्राहकहरुको विश्वास जितिसकेका थिए ।

बिस्तारै ग्राहकहरुको आर्कषण पनि बढ्दै गएको उनी बताउँछन् । साथै उनको कमाई पनि विस्तारै बढ्दैँ गएपछि विगत ८र९ वर्षदेखि निरन्तर न्यु दैलेखी पन्चकोशी काल भैरव आभुषण कला केन्द्र सुर्खेतको ऐरीचोक नजिक गरेका छन् । अहिले उनको पसल पनि राम्रै चलेको छ ।

गाउँ–गाउँमा सुनचाँदीका गहना बनाउन जाने तिर्थ हाल पसलका मालिक बनेका छन् । उनले आफ्नो पसलमा करिब १० जना बढी युवाहरुलाई रोजगारी दिएका छन् । उनी भन्छन्, ‘मेरो बाबाले त्यो बेला अर्कोको घरको काम गर्दागर्दै कहिल्यै राम्रोसँग खान र बस्न पाउनु भएन । ठूलो परिवार । बिहान ६ बजे काममा निस्किएको मेरो बाबा राती १० बजे मात्रै आउनुहुन्थ्यो ।

दिनभरको कामले थाकेका बाबा सँधै आफ्नो पीडा लुकाएर राख्नुहुन्थ्यो ।’ उनी आफ्नो सफलताको स्रोत आफ्ना बाबालाई मान्छन् । तिर्थले अहिले बाबा साथमा नभएपनि ६२ वर्षीया आमालाई साथमा सुख दिएर राखेका छन् । उनका एक छोरा र एक छोरी छन् ।

तिर्थ अहिले असहारा, दुःखी विपन्न, गरिबीहरुलाई सहयोग गर्दै समाज सेवामा रमाउन थालेका छन् । भने कतिपय ठाउँमा यस्तो उदाहरणीय काम समेत गरिसकेका छन् । विगतमा अरुसँग रोजगारी माग्ने उनी अहिले अरुलाई रोजगारी दिएर समाजसेवामा समेत सक्रिय भएका छन् ।

error: Content is protected !!