थप २८ जनामा संक्रमण, ३९ निको भए

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा २७ जना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा थप एक जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतमा २२ जना, दैलेख, बझाङ, सर्लाही, बाँके, दाङ र सल्यानका एक, एक जना रहेका छन् । यो संगै कर्णालीमा कुल संक्रमण पुष्टी हुनेको संख्या दुई हजार आठ सय ६३ पुगेको छ ।

थप ३९ जनाले कोरोना जिते

यस्तै पछिल्लो २४ घण्टामा थप ३९ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै हाल सम्म कुल निको हुनेको संख्या दुई हजार पाँच सय ७० पुगेको छ ।

कर्णालीमा कुल संक्रमण पुष्टी भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने दुई सय ८७ जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

error: Content is protected !!