७ बैशाख २०८१, शुक्रबार

कर्मचारीमा कोरोना देखिएपछि वीरेन्द्रनगर नगर कार्यालय सिल


सुर्खेत । कर्मचारीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिए पछि वीरेन्द्रन्गर नगरपालिका सिल गरिएको छ । नगरपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २०७७ भदौँ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिक प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको हो ।