असोज १ बाट लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन हुने

काठमाडौं । सरकारले लामो दुरीका यातायात र आन्तरिक उडान असोज एक गतेबाटै गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए ।

तर यसरी गाडी चलाउँदा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइनेछ । यसका साथै एकातर्फको सिटमा एकजना मात्रै यात्रु राख्न पाइने भएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले व्यवसायीले अहिलेको भाडादरमा ५० प्रतिशत बढाएर यात्रु बोक्न सक्ने निर्णय भएको पनि जानकारी दिए ।

यस्तै आन्तरिक उडान पनि यही असोज १ गतेबाटै चल्ने भएका छन् । जहाजलाई पनि बसमा जस्तै स्वास्थ्य सुरक्षा मापदण्ड तय गरिएको उनले बताए । भाडादरबारेको निर्णय भने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लिने बताइएको छ ।

error: Content is protected !!