घर–घरमा दिप प्रज्वलन गरेर संविधान दिवस मनाउन आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते घर–घरमा दिप प्रज्वलन गरेर मनाउन आग्रह गरेको छ । मंगलबार एक सुचना जारी गर्दै प्रशासनले प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउन तथा आम सर्वसाधारणले घर–घरमा साँझ दिप प्रज्वलन गर्न अनुरोध गरेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकबाट भएका निर्णय अनुसार संविधान दिवस मनाउन भएको आदेश अनुसार अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।

दिवसको अवसरमा विभिन्न मन्दिर, बुद्ध विहार, मस्जीद, चर्च एवं गुरुद्धार लगायतका धार्मिक स्थानमा नृत्य, पूजा गर्दै राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञान–अज्ञात शरीरहरु प्रति राष्ट्रको तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै पूजापाठ तथा प्रार्थना गर्ने निर्णय गरिएको छ । यस्तै स्थानीय सञ्चार माध्यामहरुमा विभिन्न संविधानसंग सम्बन्धीत सन्देश तथा कार्यक्रमहरु प्रकाशन–प्रशारण गर्न लगाउने बताइएको छ ।

error: Content is protected !!