पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

दैलेख । बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा दैलेखको भैरवी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिव साढे १२ बजे तिर नयाँ पोल बिस्तारको क्रममा पुरानो पोलसंग जुध्दा वडा नम्बर–२ को बड चिन्तामय स्थानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा वडा नम्बर २ का २४ बर्षका पुस्कर थापाको मृत्यु भएको छ भने सोहि ठाउँमा २६ बर्षका भूपेन्द्र थापा घाइने भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता नैन बहादुर साउदले जानकारी दिए । घाइते थापाको अहिले दुल्लु अस्पताल दैलेखमा उपचार भइरहेको उनको भनाई छ ।

error: Content is protected !!