सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । १७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको सल्यान प्रहरीले जानकारी दिएको छ । बस सडकबाट २० मिटर तल खेतमा खसेको छ ।

बुधबार बिहान साढे १० बजे जिल्लाको भोटेचौरबाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको बस छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएकोे हो ।

दुर्घटनामा दार्मा ६ का भक्त केसी, बागगचौर ६ का पदम ओलि, दार्मा ६ का नेत्रमल्ल, छत्रेश्वरी ७ कि राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका ५ कैलालिका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरी ६ का नवीन घर्ती, अपेक्षा केसी, तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडिका सह चालक छत्रेश्वरी ५ का भिमार्जुन केसी रहेको सल्यान प्रहरीले जानकारी दिएको छ ।

घाइतेको सल्यानको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको जानकारी दिइएको छ ।

error: Content is protected !!