१६ चैत्र २०८०, शुक्रबार

प्रहरीद्धारा ५ सय लिटर मदिरा नष्ट


कालीकोट: प्रहरीले ५ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले शुक्रवार बरामद भएको ५ सय लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको हो ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, जोशीले भने ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराधमा कमी हुन्छ ।’
प्रहरीले शुक्रवार नष्ट गरेको तयारी मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ सदरमुकामको जिरोप्वाइन्ट, विचबजार, पुरानो बसपार्क, कारागार आसपास लगाएतका स्थानबाट बरामद गरेको हो ।