१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा थप ४४ जनामा कोरोना संक्रमण


सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४४ जनामा कोरोना भाइरुस  (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा ४३ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितहरु सुर्खेतका २८ जना, दैलेखका पाँच जना, सल्यानका दुई जना, रहेका छन् । यस्तै डोल्पा, दाङ, डोटी, काभ्रे, दोलखा, रोल्पा, भक्तपुर, रुपन्देही र बाँकेका एक, एक जनामा संक्रमण देखिएको हो । यो संगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या तीन हजार एक सय सात पुगेको छ ।

थप दुई जना निको भए

यस्तै पछिल्लो २४ घण्टामा थप दुई जना संक्रमित निको भएका छन् । यो संगै कुल संक्रमित मध्ये दुई हजार ६ सय ५१ जना निको भएका छन् ।
कुल संक्रमण पुष्टी भएका मध्ये हाल सम्म ६ जनाको मृत्यु भइसकेको छ भने चार सय ५० जना सक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।