आइपिएल उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

एजेन्सी, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । आइपिएलका दुई महारथीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ । मुम्बई गत वर्षको बिजेता र चेन्नई उपबिजेता हुन् । आइपिएल इतिहासका सर्वाधिक सफल यी दुई टोलीबीचको भिड्न्त रोमाञ्चक हुने आशा गरिएको छ । चेन्नई महेन्द्रसिंह धोनी र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छन् ।

मुम्बईले गतवर्ष चेन्नईलाई फाइनलमा एक रनले पराजित गर्दै चौथो पटक आइपिएल उपाधि जितेको थियो । चेन्नईले तीन पटक उपाधि जितेको छ । चेन्नई पाँच पटक फाइनलमा पराजित भएको छ । तीन पटक फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि जितेको छ ।

चेन्नईको पूर्णटोली 

रविश्रीनिवास साई किशोर, नारायण जगदेशन, रुतिराज गायकवाड, केएम आसिफ, रविन्द्र जडेजा, मुरली विजय, महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), जोश हेजलवुड, केदार जाधव, करण शर्मा, पियुष चवला, आम्बाती रायुडू, इमरान ताहिर, दिपक चहर, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, मिचेल सान्टनार, ड्वने ब्राभो, लुन्गी एनगिडी, साम करन, मनु कुमार र शेन वाटसन ।

मुम्बईको पूर्ण टोली 

राहुल चहर, अनुकुल रोय, मोहसिन खान, दिगविजय, देशमुख, प्रिन्स बलान्त राई सिंह, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, धवन कुलकर्णी, मिचेल म्याकलेनघान, क्रिस लिन, आदित्य तारा, रोहित शर्मा (कप्तान), सौरभ तिवारी, क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, कु्रनाल पान्ड्या, जेम्स प्याटिन्सन, हार्दिक पान्ड्या, जस्प्रित बुमराह, ईशान किशन, अनोमलप्रित सिंह, र शेर्फान रदरफोर्ड ।