४ बैशाख २०८१, मंगलवार

मार्सीधानमा नयाँ रोगको संक्रमण


जुम्ला । जुम्ली मार्सीधानमा नयाँ रोगको संक्रमण देखिएको छ । विगतका वर्षमा बलाष्ट रोगले सताएको मार्सीमा यस बर्ष नयाँ रोगको संक्रमण देखिएको हो । कृषि विज्ञहरुको टोलीले गरेको अनुसन्धानले ‘ब्राउन स्पोट’ नामक रोग लागेको पक्ता लागेको हो । विज्ञहरुको टोलीले जुम्लाको तातोपानी गाउँपालिकाका ४ र ५ वडाका मार्सीधान रोपेका खेतमा अनगमन तथा अध्ययन गरेको थियो ।

तातोपानी गाउँपालिका कृषि संयोजक धर्मराज आर्चायले अनुसन्धानका क्रममा पुरानो रोग बलाष्ट कम मात्रामा देखिए पनि नयाँ रोग ‘ब्राउन स्पोट’ धेरै मात्रामा देखिएको बताए । प्रयाप्त सिचाई र नाईट्रोजनको अभावले मार्सीधानमा ब्राउन स्पोट रोग लाग्ने कृषि संयोजक आर्चायले उल्लेख गरे । ब्राउन स्पोट रोगका कारण मार्सीधानको उत्पादनमा गिरावट नआउने कृषि विज्ञको भनाई छ ।

यता धानमा नयाँ रोगले संक्रमण देखिए पछि कृषकदेखि विज्ञहरु मार्सी बचाउन चिन्तित देखिएका छन् । कार्तिक महिना मार्सी भित्राउने समयसम्म असिना नपरेको खण्डमा ब्राउन रोगले उत्पादन नघट्ने कृषि विज्ञले बताएका छन् । यतिबेला जुम्लाका पुर्वमा पर्ने विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमचौर र पश्चिममा पहिलो पटक धानखेती भएको लाछु ज्युलोमा मार्सीधान बाला झुलि सकेका छन् ।

मार्सी संरक्षणका लागि रुस, इथुपिया, इटली, पोखरा लमजुङका दर्जर्ना विज्ञ टोली जुम्लामा पुगेर मार्सीको अनुगमान तथा अनुसन्धान गरेको छ । जुम्लाको चर्चित ब्राण्ड मानिएको काली मार्सीधान खाना स्वादिलो हुने भएपनि मार्सीधानको अनुसन्धान, संरक्षणको सन्दर्भमा परिणाममुखी कुनै काम नभएको समेत किसानको गुनासो छ ।