स्मृति दिवसमा राहत वितरण

कालीकोटः गणेशमान सिंहको २३ औ स्मृति दिवसको अबसरमा नेपाल तरुणदल कालिकोटले राहत वितरण गरेको छ ।
तरुण दलले जिल्लाको तिलागुफा नगरपालिकामा भर्दौ १४ गते आएको खुख्खा पहिरोमा परि मृत्यु भएका आफन्तलाई सिंहको स्मृति दिवसमा राहत वितरण गरेको हो । नेपाल तरुणदल कालीकोटका सचिव दमनराज शाहीको नेतृत्व गएको तरुणदलले तिलागुफा नगरपालीका वडा १ नाग्मा बजारका वाढिपहिरो पीडित र ज्यान गुमायका घर परिवारलाई २–२ कट्टा चामल बितरण गरेको छ ।


नेपाली कांग्रेसका महापुरुष गणेशमान सिंहको स्मृति दिवसको अबसरमा नेपाल तरुणदल केन्द्रले हरेक जिल्ला जिल्लामा बिभिन्न कार्यक्रमहरु संचालन गर्न गरिएको निर्देशन अनुसार तरुणदल कालिकोटका सचिव शाहीले वाढि पीडितलाई खाद्यन्न राहत सामाग्री बितरण गरेका हुन् । समाजसेवी तथा तरुणदलका नेता शाहीको व्यक्तिगत सहयोगमा खाद्यन्न बितरण गरिएको हो । उनले यो समय भन्दा पहिले आफ्नो जन्मदिनको अबसरमा होस, या बिभिन्न सहयोगी निकायसंग समन्वय गरेर भएपनि गरीव जनता, दिन दुखी र बाढि पीडितहरुको लागि विभिन्न सहयोग गर्दै आएका छन । समाजसेवी शाहीले भने गरीव जनताको हितका लागी नेपाल तरुणदल कालीकोट सधै सहयोगी भावनाका साथ जनताको घर घरमा पुग्ने लक्ष्य छ ।

error: Content is protected !!