रोजगार व्यक्ति वेरोजगारको लिष्टमा राखी वडाध्यक्षले झ्वाम पार्न खोजे रकम

कालिकोटः कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष विस्नुप्रसाद देवकोटाले आफुसहित आफ्ना परिवारका ४ जना सदस्यलाई रोजगार वाफतको रकम भुक्तानी गराएका छन् ।
कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम सान्नित्रिवेणी गाउँपालिकामा व्यापक दुरुपयोग भएको पाइएको छ । बेरोजगार, अति गरीव, विपन्न नागरिकको जीवन स्तर उकास्का लागि मुख्यमन्त्री रोजगार कार्यक्रम कालिकोटमा लागु भएको थियो । आर्थिक वर्ष सकिन लाग्दा नै आएको उक्त कार्यक्रम कालीकोटमा दुरुपयोग भएको पाइएको छ ।
सान्नित्रिवेणी गाउँपालिका वडा नं ३ मा संचालित गावखोला देखी लामपाटा सम्मको सिचाँई कुलो निर्माणमा वडाअध्यक्ष विस्नुप्रसाद देवकोटा, वडा नं ३ मा रहेको एक विद्यालयका प्रधानाध्यापक आफ्नै भाई मानप्रसाद देवकोटा, भाई बुहारी जौमुली देवकोटा, छोरा धर्मराज देवकोटा र परेग देवकोटालाई बेरोजगारीको सूचिमा राखी भुक्तानी लिन खोजिएको छ ।
आफु सहित घर परिवारले रोजगारमा काम गरेकाले भुक्तानी लिन खोजिएको वडाध्यक्ष देवकोटाले बताए । उनले आफुहरु पनि बेरोजगार भएका कारण आफुहरुले पनि काम गरि भुक्तानी लिन खोजिएको वडाध्यक्षले स्वीकार गरे । वडाअध्यक्ष देवकोटाकी भाई बुहारी जौमती देवकोटा सुर्खेतमा वस्दै आइरहेको तर, उनको रोजागर कार्यक्रममा ४५ दिन काम गरेको हारिी पेश गरिएको छ । उनी एकै दिनपनी काम नगरेको नाम नबताउने सर्तमा एकजना स्थानियले इकर्णालीपाटीलाई जानकारी दिए ।
यता वडाध्यक्षले कामदारले रकम नपाएपछि यो कुरा बाहिर आएको बताए । उनले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत आएको रकमको अहिलेसम्म पनि भुक्तानी भएको छैन कामदारले रकम नपाएपछि बाहिर ल्याएका हुन् । उनले भने ।
कालीकोट जिल्लामा वर्षको अन्तिममा आएको मुख्यमन्त्री रोजगार कार्यक्रम अधिकाँश ठाउँमा दुरुपयोग भएको छ । कालीकोटमा आएको करोर्डौ रकम बालुवामा पानी भएको छ । कतिपय ठाउँमा जनप्रतिनिधिले आफ्ना कार्यकता पाल्ने काम गरेका छन् भने कतिपय ठाउँमा उच्च स्तरका राजनीतिकर्मी पनि बेरोजगारी भनि काम नगरि रकम लिएका छन् ।

error: Content is protected !!