आ–आफ्नो पाटीमा तान्न होडबाजी

कालीकोटः कोरोना महामारीका बेला कालीकोटमा कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाईने निर्णय गरिएको भएपनि पछिल्लो समयमा महामारीलाई बेवास्था गर्दै कालीकोटका राजनीतिक दलको पाटी प्रवेश गराउने होडबाजी चलेको छ ।
कालीकोटका राजनीतिक दलले अहिले पाटीका गतिविधिलाई अगाडि बढाउनुभन्दा पनि कोरोना नियन्त्रण तथा रोकथाममा लाग्ने प्रतिवद्धता गरेको भएपनि अहिले पाटी प्रवेशको होडबाजी चलेको छ । उनीहरुले अहिले ठाउँठाउँमा भेलादेखि पार्टी प्रवेश गराउने कार्यक्रम गर्दै आइरहेका छन् । कालीकोट जिल्लामा अहिले कारोना संक्रमण बढ्दो मात्रामा नभएपनि राजनीतिक दलले यसरी पाटीका गतिविधि बढाउदा कोरोना संक्रमण फैलिन सक्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।
उनले भोली अर्थात विहिबार कालीकोट जिल्लाका राजनीतिक दलहरुलाई बोलाएर छलफल गरिने जानकारी दिए । कुनै कोठामा ८÷१० जनाको विचमा सामाजिक दुरी कायम गरि कार्यक्रम गर्न पाइने भएपनि जिल्लाका राजनीतिक दलले सार्वजनिक रुपमै सर्यौको संख्यामा नागरिकको भिडभाड गराउने गरेकाले एक पटक राजनीतिक दलसंग छलफल गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । अहिले कालीकोट जिल्लामा राजनीतिक दलले भेलादेखी पार्टी प्रवेश गराउने काम रोेकेका छैनन् । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यकर्ता भेलादेखी पार्टी प्रवेश र संगठन विस्तार भन्दै पाटी प्रवेश गराउन होडबाजी नै गरेका छन् ।
केही दिन अघि नेपाली काँग्रेसले तिलागुफा नगरपालिकामा कार्यकता भेलादेखि पाटी प्रवेशको कार्यक्रम सम्पन्न गरेको थियो भने अहिले तिलागुफा नगरपालिका जहाँ सवै भन्दा बढी कोरोना संक्रमित व्यक्तिहरु भेटीएका थिए सोही नगरपालिकामा सत्तारुढ दल नेपाल कम्यूनिष्ट पाटी नेकपाले कार्यकता भेलादेखी पाटी प्रवेशका कार्यक्रम गर्दै आएको छ । धेरै भिडभाड बढेपछि तिलागुफा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखियो । पछिल्लो समय तिलागुफा नगरपालिकामा नेकपाले निरन्तर भेला र बैठक चलाएको छ ।
अहिले कोरोना सकिएको छैन । अहिले मान्छेको आवतजावत बढेको छ, अहिले कोरोनाका लक्षण देखिए मात्र चेक गर्ने, र अन्यको अहिले नगर्ने भनेको बेला राजनीतिक दलले यस्ता कार्यक्रम गर्दा कोरोनाको दर बढ्न सक्ने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक बहादुर महतले बताए । उनले सामाजिक दुरी कार्यम गरि कार्यक्रम गरेको भए राम्रै हो जुन अहिले राजनीतिक दलका प्रमुखहरुले सामाजिक संजालमा हालेका तस्बिरहरु छन् त्यसले कोरोना संक्रमणको दल बढ्न सक्छ । महतले भने ।
कालीकोटमा राजनीतिक दलको कारणले अझै कोरोना भाईरसले महामारी लिन सक्ने जिल्ला बार यशोसियसनका अध्यक्ष दमनराज बमले बताए । उनले अरुलाई आरोप लगाउनुभन्दा पनि राज्यले निगरानी गर्नु पर्ने, नागरिक पनि आफै सचेत हुनेपर्ने बताए । राजनीतिक पाटीले अहिले गलत गर्दै आएका छन् । उनले भने, ‘जनतालाई सचेत गराउनुपर्ने राजनीतिक दलका नेता कार्यकर्तालेनै थप संक्रमण निम्त्याउने काम गरेका छन् ।’
सर्वसाधारणलाई भोकभोकै मार्नका लागि लकडाउन र निषेधाज्ञा गर्नको कुनै औचित्य नभएको कालीकोटका नागरिकले बताउर्दै आएका छन् । सार्वजनिक कार्यक्रममा राजनीतिक दलले मास्क, सेनेटाईजर र सामाजिक दुरी कार्यम गर्दैनन कालीकोट जिल्ला सदरमुकाममा मास्क नलगाउदा प्रहरीले १ सय जरीवाना गराउने गरेको छ । तर जिल्लामा रहेका राजनीतिक दलले सर्यौको संख्यामा नागरिकको भेला गरि कार्यक्रम गर्दा पनि जिल्ला प्रहरी कार्यालय मुखर्दशक बनेको छ ।

 

error: Content is protected !!