१३ बैशाख २०८१, बिहीबार

रुकुमपश्चिम  हत्या काण्ड विरुद्ध निरन्तर दलित अधिकारकर्मी


सुर्खेत । जेठ १० गते साँझ रुकुमपश्चिमको सोतीमा भएको हत्याकाण्डका दोषीलाई यथासिघ्र कार्वाहीको माग गर्दै सुर्खेतका संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा खवरदारी कार्यक्रम गरेका छन् ।

बुधबार पीडितको न्यायका लागि सुर्खेत स्थित सम्पुर्ण दलित अधिकारकर्मी, राजनैतिककर्मीले वीरेन्द्र चोकमा खवरदारी कार्यक्रम गरेका हुन् ।

नवराज विकसहितको हत्यामा न्याय हरायो जीता प्लेकार्ड बोकेर सुर्खेतका दलित अधिकारकर्मीहरु सडकमा उत्रिएको नेपाल दलित संघ सुर्खेतका अध्यक्ष भीम बहादुर शाही परियारले बताए ।

दलित भएकै कारण ६ जनालाई मारिएको बताउँदै घटनामा संलग्न ६ जनालाई उच्च अदालतले पनि कुनैपनि बाहानामा नछोडोस भनेर खवरदारी कार्यक्रम गरेको उनले बताए ।

सो घटनामा संलग्न भएका मध्ये २३ जनालाई जिल्ला अदालत रुकुमले पुर्पक्षका लागि जेल चलान गरेकोमा ६ जनाले आफुहरु उक्त घटनामा संलग्न नरहेकोले जिल्ला अदालतको आदेशलाई खारेज गरी पुर्वक्षमा नभई बाहिरबाटै मुद्धा लड्न पाउँ भनी ७३ नम्बरको निवेदन उच्च अदालत सुर्खेतमा दिएका छन् ।

दलित अगुवा सञ्जुसिंह विकले दोषीलाई सम्मानित अदालतले कुनै पनि बाहानामा नछोडी कारवाहीको प्रक्रिया अगाडी बढाउन अनुरोध गरे । दोषीलाई कुनैपनि बाहानामा छुट नदिन र उनीहरुलाई कार्वाहीको माग गर्दै बिहीबार दलित अधिकारकर्मीहरुले उच्च अदालत सुर्खेतको गेटमा धर्ना कार्यक्रम समेत गर्ने भएका छन् ।