७ बैशाख २०८१, शुक्रबार

कर्णालीबाट लाईसेन्स वितरण शुरु


सुर्खेत । कर्णाली प्रदेशबाट पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशले बिहीबारबाट नयाँ सवारी चालक अनुमति पत्रकालागि परिक्षा उतिर्ण भएकाहरुलाई लाइसेन्स वितरण दिन सुरु गरेको हो ।

वितरण कार्यको सुरुवात गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लाइसेन्स लिन भनसुन र पहुँच चाहिन्छ भन्ने भ्रम जनस्तरमा रहेकाले त्यसलाई चिरेर उत्तरदायी र पारदर्शी काम गर्न निर्देशन दिए ।

यातायात व्यवस्था कार्यालयका कर्णाली प्रदेशका प्रमुख आनन्द चपाईँले सुर्खेतबाट ६ सय ५९ थान लाइसेन्स जारी भएको त्यसलाई वितरण गरिरहेको जानकारी दिए ।