८ बैशाख २०८१, शनिबार

अनेशिसंका पूर्व उपाध्यक्ष काँग्रेसमा प्रवेश


कालीकोटः जिल्लाको महावै गाउँपालिका–४ निवासी अखिल नेपाल शिक्षक संगठनका पूर्व उपाध्यक्ष तिलबहादुर शाही नेकपा पाटी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।
लामो समयदेखि नेकपामा क्रियाशिल रहेका शाहीले विहिवार नेकपा पाटी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका हुन् । अखिल नेपाल शिक्षक संगठनका पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका शाहीले नेकपामा आफुलाई ठाउँ नभएकाले पुरानै घरमा फर्किएको बताए । उनले भने, ‘म पहिले काँग्रेस नै हुँ देशमा केही परिवर्तन गर्ने जोशका साथ २०५२ सालमा माओवादीको उदय भयो, अहिले आएर माओवादी ४ भागमा बाडियो बाकी रहेको १ भाग पनि नेकपा एमालेसंग सहकार्य गरि नेकपा बनाए । त्यो नेकपामा रहेर आफु बस्न नसक्ने भएकाले आफ्नो पुरानै घरमा फर्किए ।’
‘जति भया पनि आमा भलि’ मानेर आफु पुरानै घरमा आएको शाहीले बताए । कसैले काँग्रेसमा आफुलाई अवसर देखाएर नआएको पनि जानकारी दिए । मलाई पद चाहिदैन अव चारतारे झण्डामुनी रहेर बस्ने छु । अवसरत मैले शिक्षक हुदा अखिल नेपाल शिक्षक संगठनको उपाध्यक्ष भईसके उनले भने, ‘जनताको रगतमा होली खेल्ने पाटीदेखि दिक्क लाग्यो र घर फकिएको हुँ ।’
नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको पाटी कार्यालयमा आएर उनले नेकपा परित्याग गरेको घोषणा गरे । उनलाई पाटीमा काँग्रेस सचिव नन्दबहादुर सिंह, यशोदा शाही सहसचिव दमनबहादुर शाही कोषाध्यक्ष मनजित शाही, महासमिति सदस्य टेकराज शाही सदस्य मातृका सिंह, नगेन्द्र विष्ट पूर्व कोषाध्यक्ष मनराज शाही लगायतले पाटीमा स्वागत गरेका थिए ।