१४ बैशाख २०८१, शुक्रबार

झिलिमीली हुर्दै जिते बजार


कालीकोटः जिल्लाको जिते बजारमा सौर्य बत्ति जडान गरिएको छ । जितेबजारमा काम गर्ने कामदारको सहजताका लागि सौर्य वत्ति जडान गरिएको हो ।
लामो समयदेखि जितेबजारमा काम गर्ने मजदुरहरुले रातको समयमा मोवाईलको बत्ति बाली भारी बोक्ने गरेकाले पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमको सहयोगमा जितेमा ५ वटा सौय बत्ति जडान गरिएको हो । जितेमा भारी बोक्ने भरीयाले बत्ति नभएका कारण रातको समयमा काम गर्न समस्या भएको बताएपछि आफुले ३ लाख ५० हजारको लागतमा सौर्य बत्ति जडान गरिदिएको बमले जानकारी दिए । जिल्लाको नरहरिनाथ, सान्नित्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र रास्कोट नगरपालिका जोडने जितेमा पक्की पुल नहुँदा ५ वटा स्थानीय तहका सामाग्री भरीया मार्फत वारपार गर्ने गरिएको छ ।
कालीकोट जिल्लाको मुख्य व्यापारीक केन्द्रका रुपमा रहेको जिते बजारमा सौर्य बत्ति जडान गरिएपछि त्यहाँ भारी बोक्ने भरीया मात्र होइन स्थानीय व्यापारी पनि खुसी भएका छन् । सोलार जडान भएपछि अवको केही दिनमा जितेबजार झिलीमिली हुने भएको छ ।