८ बैशाख २०८१, शनिबार

६ जना फरार प्रतिवादी पक्राउ


सुर्खेत । प्रहरीले कर्णलीका विभिन्न जिल्लाबाट ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटीएको बिशेष टोलीले चोरी मुद्दाका एक जनालाई पक्राउ गरेको हो ।

भने जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले वन सम्बन्धी मुद्दाका चार जना र जि.प्र.का. जुम्लाले सवारी ज्यान मुद्दाका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ गरेर उनीहरुलाई सम्बन्धीत जिल्ला अदालतमा पेश गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।