अझै पाएनन् सामाजिक सुरक्षा भत्ता

ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, पूर्ण अपाङगता भएका ३ हजार ७ सय जनाले पाएनन् भत्ता ।

कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकाका–५ का रतनबहादुर शाहीले आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम चौमासिक सामाजिक सुरक्षा भत्ता अहिलेसम्म पनि पाउन नसकेको भन्दै दुखेसो पोखे ।
नेपाल सरकारले प्रत्येक चौमासिकमा दिदै आएको सामाजिक सुरक्षा भत्ता शुभकालीका गाउँपालिकाका नागरिकले अहिले सम्म पनि पाउन सकेका छैनन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन फैलिएकाले यस वर्षको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।
अन्तिम चौमासिकको सामाजिक सुरक्षा भत्ता नपाएकाले अवको १ हप्तामा नदिएमा गाउँपालिकामा ताला लगाउने ८६ वषिय रतनबहादुर शाहीले बताए । उनले भने, ‘अन्तिम चौमासिकको रकम पाएका छैर्नौ, आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक पनि दिने हुन कि होइनन् ।’ कोराना रोकथाम भन्दै गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले आफ्नो पेट भर्न थाले हामीले भत्ता पाएर्नौ शाहीले दुखेसो पोखे, ‘नेपाल सरकारले त दिएकै हो तर हाम्रा कर्मचारीलाई भ्रष्टाचार गर्नुथियो, हामीलाई विर्सेछन् आफ्ना पेट भर्न मात्र लागे र आएको रकम पनि फ्रिज गयो ।’
आफुले सामाजिक सुरक्षा भत्ता समयमै नपाएकाले गुजारा चलाउन समेत समस्या भएको शाहीले बताए । हामीले आँखा राम्ररी देख्दैर्नौ, पढ्न पनि जान्दैनौ तर पनि सरकारले दिने रकमबाट आफ्नो दैनिक गुजारा चलाउर्दै आएका थिर्यौ त्यो पनि गाउँपालिकाले दिएन शाहीले भने । गाउँपालिका कर्मचारीको लापरवाहीले आएको सामाजिक सुरक्षा भत्ता पनि फ्रिज भएको छ । सामाजिक सुरक्षा भत्ता रकम फ्रिज भएपछि गाउँपालिकाका ज्येष्ठ नागरिक, विधवा, आंशिक र पूर्ण अपांगता, बालबालिका भएका ३ हजार ७ सय जनाले आर्थिक वर्ष २०७६÷०७७ को अन्तिम किस्ताको रकम पाउन सकेको छैनन् ।
यस आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिना सामाजिक सुरक्षा भत्ता रकम पाउने आश पनि नभएको शुभकालीका गाउँपालिका–५ की केशा शाहीले बताईन् । उनले भनिन्, ‘सरकारले दिएको सामाजिक सुरक्षा भत्ता पनि कर्मचारीले आफुले आफ्नो घर खेत बेचेर दिए जस्तो मान्ने हुनाले पनि समयमा पाउन सकेर्नौ ।’ गाउँपालिकाका लेखापाल सत्यदेवी पोखरेलले असार २९ गतेमात्र आएको तर आफुहरुले थाहा नपाएकाले रकम फ्रिज गएको बताइन् ।
अन्तिम चौमासिकको करिव २ करोड रकम फ्रिज गएको लेखापाल पोखरेलले बताइन् । उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता आइसकेको थियो असार २९ गते आयो, मेल चेक गर्ने मान्छे नभएकाले रकम फ्रिज गएको हो ।’ सामाजिक सुरक्षा भत्ता फ्रिज जानमा गाउँपालिकाका कर्मचारी क्वारेन्टाइनमा भएकाले पनि रकम फ्रिज गएको पोखरेलले बताईन् । उनले कर्मचारीको कमजोरीले नै रकम समयमै बाढ्न नसकेको बताईन ।

error: Content is protected !!