दैलेखको गुराँस गाउँपालिका सील

सुर्खेत । जनप्रतिनिधि, कर्मचारीमा कोरोना संक्रमण पुष्टी भए पछि दैलेखको गुराँस गाउँपालिका सील गरिएको छ । गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा एक हप्ताको लागि शुक्रबार (आज)बाट बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत नन्दराम चौलागाईले जानकारी दिए ।

गाउँपालिकामा कार्यरत चार जना कर्मचारी, चार जना शिक्षक र एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोना संक्रमण पुष्टी भए पछि अत्यावश्यक बाहेकका गाउँपालिकाबाट प्रदान गरिने सबै सेवा असोज २२ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

error: Content is protected !!